विराटनगर । विराटनगरको शहीद रंगशाला पछिल्लो समय अत्यन्तै अव्यवस्थित र दयनीय अवस्थामा पुगेको छ । प्रदेश खेलकुद विकास बोर्डको जिम्मेवारीमा गएको केही समयमै रंगशालाको संरचनात्मक र व्यवस्थापकीय अवस्था झन् खस्कँदो बन्दै गएको खेलकर्मीहरूको गुनासो छ ।

रंगशालाको चारैतिर घाँसले भरिएको छ, जसले मैदानको सम्पूर्ण सौन्दर्य र उपयोगिता दुबै कमजोर बनाएको छ । मैदानको बीच भागमा रहेको झार भने केहीदिन अघि घाँस काट्ने उपकरणले काटेर अलिक सफा देखिएको छ । अहिले त्यही मैदानमा साँझपख भने स्थानीय खेलाडीहरु प्रशिक्षणको लागि आउने गर्दछन् ।

यता मैदानमा रहेको दुईवटा खेलाडी बस्ने डगआउटरबक्समा वर्षातको पानी जमेका कारण त्यहाँका कुर्सीहरू बिग्रिएर प्रयोगविहीन बन्न पुगेका छन् । यतिमात्र होइन, दर्शकदीर्घाका प्याराफिटका रङ्ग उडेको छ । मर्मत सम्भार नभएको कारण रंगशाला एकदमै जीर्ण देखिन थालेको छ ।
आजको ओवीको स्थलगत फोटो फिचर :

तस्वीर : प्रेम देवान /आवर विराटनगर


तस्वीर : प्रेम देवान /आवर विराटनगर







तस्वीर : प्रेम देवान /आवर विराटनगर





तस्वीर : प्रेम देवान /आवर विराटनगर