विराटनगर । नोबेल मेडिकल कलेज टिचिङ हस्पिटलको प्राविधिक सहयोगमा तथा नेपाली कांग्रेस नगर कार्यसमिति, शिवसताक्षीको आयोजनामा जनआदर्श मा.वि., शिवगञ्ज, झापाको प्रांगणमा आयोजना गरिएको एक दिने बृहत् निःशुल्क स्वास्थ्य शिविर सफलतापूर्वक सम्पन्न भयो।
शिविरमा विशेषज्ञ चिकित्सकहरू सहितको स्वास्थ्य टोलीबाट जनरल मेडिसिन, प्रसूति तथा स्त्रीरोग, शल्यक्रिया, दन्त रोग, बालरोग, नाक–कान–घाँटी, छाला रोग, हाडजोर्नी, आँखाको परीक्षण, रेडियोलोजी, ल्याब परीक्षण, मुटुको ईसीजी तथा निःशुल्क औषधि वितरण सेवा प्रदान गरिएको थियो।
स्थानीय तहको सक्रियता तथा स्थानिय बिरामीहरूको उल्लेखनीय उपस्थितिका बीच सम्पन्न यस शिविरमा १४०० जना बिरामीहरूले सहज रूपमा स्वास्थ्य सेवा प्राप्त गर्न सफल भएका छन्।