विराटनगरमा सट्टेबाज : चिया बेच्ने महलमा पुगे, महलमा हुने पसलमा झरे

<span class='c1'>विराटनगरमा सट्टेबाज : चिया बेच्ने महलमा</span> <span class='c2'>पुगे, महलमा हुने पसलमा झरे</span>

विराटनगर । विराटनगर मेनरोडको एउटा चिया पसल (हाल सेन्ट्रल महल उत्तर) कुनै समय दिनभर भीडभाड लागिरहन्थ्यो । नजिकै थियो, साविकको जिल्ला प्रहरी कार्यालय, हाल वडा प्रहरी कार्यालय विराटनगर । विश्वकप फुटबल होस् की क्रिकेट वा इण्डियन प्रिमियर लिग क्रिकेट दिनभर चिया पसलमा बस्ने भीडको काम हुन्थ्यो बट्टी लगाउनु वा सट्टेबाज चलाउनु । यो त विश्व प्रसिद्ध फुटबल वा क्रिकेट खेलमा लगाउने बाजी । अझै मेनरोडको अथिति सदन अगाडी एउटा समूह थियो, दिनभर चरा आउँछ, चरा उड्छदेखि पानी पर्छ र पानी पर्दैन, यसपछि कार आउँछ वा मोटरसाइकल यतिले पार गर्दछन् भन्नेसम्मको बाजी पैसामा लगाउने चलन थियो ।

अहिलेको मेनरोडको चिया पसलका सञ्चालक राम सागर पनि हिँडे, पसल पनि बन्द छ । चिया पसल किन बन्द छ, राम सागरले तीनपैनीमा आफ्नो जायजेथा जोडेर सरेका कारण । अहिले उनलाई पनि चिया बिक्री गर्नुपर्ने बाध्यता कम छ ।
विराटनगरमा २०७७ सालताका क्रिकेटमा बुक्की चलाउनेहरुको घरघरमा छापा मारेर टेलिफोन, रेकर्डर, कम्प्यूटर जस्ता सामान प्रहरीले नियन्त्रणमा लिएको थियो । एकै वर्ष विराटनगरमा फाट्का तथा जुवाजन्य अपराधमा संलग्न ७७ जना नियन्त्रणमा परेका थिए । घरमै चलाएका बुक्कीबाट सट्टे बाज चल्थ्यो । तर, त्यसरी सट्टे बाज लगाउनेहरु भने कोहि राम सागर जसरी महलमा सरे त कोहि महलबाट चिया पसल सञ्चालनमा सरेको एकजना जानकार बताउँछन् ।

अहिले पनि विराटनगरमा उस्तै गरी सट्टेबाज चलिरहेको छ । नेपाल प्रिमियर लिग क्रिकेट पनि इण्डियन प्रिमियर लिग क्रिकेट जस्तै चर्चित बनिरहेको छ । कारण विश्वमा कहलिएका क्रिकेट खेलाडी फ्रेञ्चआइच टिमहरुमा अनुबन्ध छन् । अहिले पनि बीट लगाउनेहरुको उतिकै भाउ चलिरहेको जानकार बताउँछन् । कानुनले उतिकै बर्जित गरेपनि पहिले र अहिले चलाउने बीट नियन्त्रणमा प्रहरीको पहुँच गुम्दै गएको छ ।

कारण, सूचना र प्रविधिको विकाससँगै बीट समेत अनलाइन प्रणालीमा चलेको छ । अनलाइन पनि यस्तो छ की, भारतमा डेभ्लप गरिएको बीट सफ्टवेयर कसैले खरिद गर्ने अनि त्यहिंबाट धन्दा चलाउने गरिएको छ । त्यो धन्दा अहिले पनि विराटनगरका पहिला जस्तै छ । तर, प्रविधिबाट । त्यसैले पहिले जस्तो प्रहरीको पहुँचमा छैन । विराटनगरका एक जानकारका अनुसार दैनिक अथिति सदन र घोघापुलदेखि केहि दक्षिणमा रहेका एक व्यक्तिले सफ्टवेयरको हेण्डलिङ्ग गरिरहेका छन् । जसमार्फत विराटनगरमा बुक्की चलाउनेहरुले अनलाइन बीट गराईरहेका छन् । अनलाइन बीट पनि एक किसिमले शेयर मार्केटको ब्रोकर संस्था जसरी चल्न थालेको दावी गरिन्छ ।

विराटनगरमा सट्टेबाजको जरोसम्म पुगेर एकै पटक १२ जनालाई नियन्त्रणमा लिई अनुसन्धानको दायरामा ल्याउने तत्कालिन प्रहरी नायव उपरीक्षक दिपक पोखरेल अहिले कोशी प्रदेश प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक छन् । उनका अनुसार अनलाइनबाट हुने जुवाजन्य खेल नियन्त्रणमा प्रहरीले चासो नदिएको भन्ने चाँहि हैन । अहिले प्रदेशस्तरमा क्राइम इन्भेष्टीगेसन टीम (सिआईटी) ले त्यसमा काम गरिरहेको छ । यति मात्रै हैन प्रहरी क्रमशः अनलाइन जुवाका साइडहरुमा पुग्न डिजिटल सर्भिलेन्स प्रविधिको विकास र प्रयोगमा पनि लागिरहेको छ ।

प्रहरी वरिष्ठ उपरीक्षक पोखरेलका अनुसार प्रविधिसँगै अपराध पनि स्मार्ट भएको छ । छलछाम पनि स्मार्ट तरिकाले नै हुन्छ । तर, अनुसन्धान गर्ने दायरा पनि स्मार्ट तरिकाले नै विकास हुनु स्वभाविक हुन्छ । त्यसैले कसैले कानुन विपरितका गतिविधिमा संलग्न भएर प्रहरीले जानकारी पाएको छैन भन्ने सोच नबनाउँदा नै उत्तम हुने उनको सुझाव छ । पोखरेलले एनपीएलमा सट्टेबाज चलिरहेको सूचनालाई प्रहरीले कहिं न कहिं हेरिरहेको छ, त्यस बाहेक क्यासिनोमा नेपाली प्रवेश गराएर फँलास खेलाउने गरेको कुरा समेत प्रहरीको नोटिसमा रहेको उनी बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्