विराटनगर । विराटनगरमा रहेको शिक्षादीप कलेजले विज्ञान संकायमा उत्कृष्ट नतिजा ल्याउने १ सय ३७ जना विद्यार्थीहरूलाई सम्मान गरेको छ । कलेजले कक्षा ११ र १२ को प्रथम त्रैमासिक परीक्षामा ८० प्रतिशतभन्दा बढी अंक ल्याउन सफल १३७ जना विद्यार्थीहरूलाई बुधबार कलेज परिसरमा आयोजित एक विशेष समारोहका बीच सम्मान गरेको हो । सम्मानित हुनेहरूमा कक्षा ११ का ७७ जना र कक्षा १२ का ६० जना विद्यार्थी रहेका छन् । कलेजले ८० प्रतिशतको ‘थ्रेसहोल्ड’ पार गर्ने सण्बै विद्यार्थीलाई सम्मान पत्र प्रदान गरेको छ भने कक्षागत रूपमा उत्कृष्ट १ भित्र पर्न सफल (टप टेन) विद्यार्थीहरूलाई प्रोत्साहनस्वरूप नगद राशिसहित सम्मान गरेको छ ।




शैक्षिक नतिजाका अलावा कलेजले अतिरिक्त क्रियाकलापमा अब्बल विद्यार्थीहरूलाई पनि सोही अवसरमा पुरस्कृत गरेको छ । केही दिनअघि भएको निबन्ध लेखन प्रतियोगितामा प्रथम भएकी सिरिन भट्टराई,दोस्रो एलिसा सापकोटा तथा तृतीय हुने मनिष मनहोर र प्रतिक भट्टराईलाई नगद सहित पुरस्कार प्रदान गरिएको छ । साथै, हिज्जे प्रतियोगिताका विजेताहरूलाई पनि सम्मान गरिएको छ ।
त्यसैगरी कलेजका निर्देशक भुपेन्द्र दाहालले आफ्ना स्वर्गीय बुवाको सम्झनामा स्थापना गरेको कोषबाट यस वर्ष कक्षा १२ का सरगम लोहारलाई नगद २५ हजार रुपैयाँसहित सम्मान गरिएको छ । सम्मानित सबै विद्यार्थीहरुलाई कलेजका प्रिन्सीपल ज्ञानबहादुर खड्काले हार्दिक बदाई ज्ञापन गर्दै आगामी शैक्षिक यात्राको सफलताको शुभकामना समेत दिनुभयो ।