विराटनगर । साउथ एसियन स्कुल अफ टुरिजम एण्ड होटल म्यानेजमेन्ट (सास्थम) कलेज विराटनगरले बीएचएम र बीबीए कार्यक्रमका विद्यार्थीहरुलाई एक भव्य समारोहविच बिदाई गरेको छ । कलेजले शुक्रबार होटल रत्नको सभाहलमा आयोजित एक विशेष समारोह विच बीएचएमका ५० र बीबीएका २५ विद्यार्थीलाई बिदाई गरेको छ ।
क्याम्पस प्रमुख विनय केसीले जानकारी दिनुभयो ।

पूर्वाञ्चल विश्वविद्यालयसँग सम्बन्धन प्राप्त सास्थम कलेजले स्नातक तहका बीएचएम र बीबीए तथा स्नातकोत्तर तहको एमबीए कार्यक्रम सञ्चालन गर्दै आएको छ। कलेजमा अध्ययन सम्पन्न गरी दीक्षित भएका बीबीएम (सन् २०२१ र बीएचएम (सन् २०२२) का विद्यार्थीहरुलाई चार वर्षे कोर्स पूरा गरेपछि बिदाई गरिएको हो।

रत्ना होटल, विराटनगरमा आयोजित कार्यक्रममा विद्यार्थीहरुले सांस्कृतिक प्रस्तुति समेत दिएका थिए। होटल म्यानेजमेन्ट क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्दै आएको कलेजले बीएचएम विद्यार्थीलाई नेपालसहित जापान, दुबई, बहराइन, माल्दिभ्सलगायतका देशका स्टार होटलहरूमा इन्टर्नशिपका लागि पठाउँदै आएको छ ।
बिदाई कार्यक्रममा सास्थम कलेजका म्यानेजिङ डाइरेक्टर रोशन बहादुर थापा, क्याम्पस म्यानेजर महेश्वर प्रसाद सिंह, बीएचएम प्रोग्राम डाइरेक्टर शैलेन्द्र गणेश, बीबीए प्रोग्राम डाइरेक्टर अर्चना भट्ट साथै अन्य शिक्षक–कर्मचारीहरुको उपस्थिति थियो।