विराटनगरमा बिनोद ढकाल हावी, बाहिरका निर्वाचन क्षेत्रमा मिश्रित

<span class='c1'>विराटनगरमा बिनोद ढकाल हावी,</span> <span class='c2'>बाहिरका निर्वाचन क्षेत्रमा मिश्रित</span>

विराटनगर । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनका लागि मोरङ जिल्लाबाट प्रतिनिधि चयन कार्यक्रम सकिएको छ । अन्तिम निर्वाचन क्षेत्र नम्बर ३ र दलिततर्फको प्रतिनिधि चयनको अन्तिम नतिजा सार्वजानिक भएको हो ।

हालसम्म सार्वजनिक परिणाम अनुसार, मोरङमा अध्यक्ष केपी शर्मा ओली र नेता इश्वर पोखरेल पक्षको बराबरी प्रतिनिधि निर्वाचित भएको दावी गरिएको छ । ४६ जनामध्ये २३÷२३ जना निर्वाचित भएका हुन् । यद्यपी विराटनगरमा प्रभाव देखिएका बिनोद ढकाल पक्षले भने मोरङमा अहिले लिस्टमा भएका आधारमा हेर्दा बराबरी देखिएपनि निर्वाचित भएका प्रतिनिधि अब संस्थापन इतरमा खुल्नेछन् ।

हालसम्म क्षेत्र नं. ४ बाट एक प्रतिनिधि गुणावती धामी दुवै समूहको गणनामा पर्ने गरी निर्वाचित भएकी छन् । त्यस बाहेक कोहि पनि कमन उमेदवार छैनन् । क्षेत्र नं. १ मा उम्मेदवारहरू डिल्लीराम शर्मा अधिकारी, गंगाप्रसाद खरेल, उमाकान्त गौतम, बुद्धिमान लिम्बू, उर्गेन तामाङ, शान्तिकुमारी लिम्बू, मेनु पाण्डे र सरला राई निर्वाचित भएका छन्। त्यसमध्ये एकजना इश्वर पक्ष हुन् । त्यसैगरी, क्षेत्र नं. २ बाट ऋषिकेश पोखरेल, श्याम राजवंशी, सुशील बुढाथोकी, करण ठाकुर र रामजना अधिकारी (निर्विरोध) निर्वाचित ओली पक्षका हुन् । यस्तै, लिलाबल्लभ अधिकारी र गीतादेवी बानियाँ कार्की पोखरेल पक्षका हुन् ।

क्षेत्र नम्बर ३ मा इरान राई, भोलाप्रसाद अधिकारी, ज्ञानेन्द्र सुवेदी, भुपाल श्रेष्ठ, राजकुमार ओझा, धनमाया तामाङ, यमुना बिष्ट, सीता तामाङ र निरजकुमार ढकाल निर्वाचित भएका छन् । जुन क्षेत्रबाट पाँचजना इश्वर पोखरेल पक्षका रहेको बताइएको छ । क्षेत्र नं. ४ बाट नरेन्द्र बस्नेत, मुकेश बुढाथोकी, विमला घिमिरे र राम पोखरेल र महेश भट्टराई निर्वाचित भएका छन् । यो क्षेत्रमा भट्टराई बाहेक ओली पक्षीय मानिएका छन् । क्षेत्र नम्बर ५ बाट दिलिप बगडिया, शान्त डङ्गोल, ज्ञानेश्वर राजवंशी, मनोज अग्रवाल, उषा झा र मो. अमित आजाद निर्वाचित भएका छन्। जसमा बगडीया र डंगोल ओली पक्षका हुन् ।

यसैगरी नेता पोखरेल समूहबाट क्षेत्र नं. ६ का सबै उम्मेदवारहरू रमेशप्रसाद पोखरेल, पितकुमार श्रेष्ठ, विनोदप्रसाद ढकाल, सत्यनारायण चौधरी, सरस्वती भण्डारी, सरस्वती खरेल र सन्तोष घिमिरे निर्वाचित भएका छन्। दलित क्षेत्रबाट निर्वाचित तीनजनामध्ये एकजना पोखरेल पक्षका रहेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्