विराटनगर मङ्सिर १५ ,
विराटनगरमा १० वर्षमुनिका बाल क्रिकेट खेलाडीहरूको लागि क्रिकेट प्रतियोगिता हुने भएको छ। लायन्स क्रिकेट एकेडेमी विराटनगरको आयोजनामा हुन लागिएको प्रतियोगिता मङ्सिर १७ देखि १९ गतेसम्म चल्ने आयोजकले जनाएको छ।
प्रतियोगितामा १६ टिमको सहभागिता रहनेछ। खेलहरू विराटनगर ३ स्थित एकेडेमीको मैदानमै सञ्चालन हुने लायन्स क्रिकेट एकेडेमीका कुन्दन खतिवडाले जानकारी दिए।
यो प्रतियोगिताको तेस्रो सिजन भएको आयोजकले जनाएको छ।