नेपालमै पहिलो जिप्सन बोर्ड उद्योग, विराटनगरमा सञ्चालन तयारी

<span class='c1'>नेपालमै पहिलो जिप्सन बोर्ड</span> <span class='c2'>उद्योग, विराटनगरमा सञ्चालन तयारी</span>

विराटनगर । विराटनगरको अरिहन्त ग्रुप अफ कम्पनीज नेपालमा पहिलोपटक जिप्सम बोर्डको व्यावसायिक उत्पादन गर्ने भएको छ । अरिहन्त ग्रुप अफ कम्पनीज अन्तर्गतको अरिहन्त इन्फ्रास्ट्रक्चर लिमिटेडले जिप्सम बोर्डको उत्पादन गर्ने भएको हो ।

भवनमा फल सिलिङमा प्रयोग हुने जिप्सम बोर्डको उत्पादनका लागि उद्योग स्थापनाको काम धमाधम भइरहेको हो । दुई वर्षदेखि निमाटो ब्रान्डमा टाइल्सको उत्पादन गरिरहेको विराटनगरको
अरिहन्त ग्रुप अफ कम्पनीजले अरिहन्त इन्फ्रास्ट्रक्चर लिमिटेडमार्फत जिप्सम बोर्ड उत्पादन गर्नेछ । यसका लागि टायल्स कारखाना परिसरमा छुट्टै युनिट तयार गरिएको छ । अरिहन्त इन्फ्रास्ट्रक्चर लिमिटेडको कारखाना स्थलभित्रै थप ५० करोड लगानी थपिएको हो । जसले जिप्सम बोर्डको उत्पादन गर्नेछ ।

आउँदो पुसको पहिलो हप्तामा उद्योगले व्यावसायिक रूपमा जिप्सम बोर्डको उत्पादन गर्ने गरी तयारी गरिरहेको हो । उद्योगका निर्देशक जयेश लुनियाँले नेपालमा उत्पादन हुन थालेसँगै यसको मूल्य ५० प्रतिशत कम हुने दावी गरेका छन् । हाल जिप्सम बोर्ड आयात भएर आउने गर्दछ । नेपालमा खुद्रा बजारमा यसको मूल्य महँगो छ । कुनै बेला आयातित टाइल्स नेपालको खुद्रा बजारमा सामान्यतया प्रति वर्गफिट ३ सय रुपैयाँमा विक्री हुन्थ्यो । अहिले नेपालमा नै उत्पादन भएका कारणले १२० मा विक्री हुन थालेको उनको अनुभव छ । यसले गर्दा उपभोक्तामा टाइल्स प्रयोग गर्ने बानीसँगै टाइल्सको विक्री पनि बढे जस्तै जिप्सम बोर्डमा पनि यो हुनेमा उनी विश्वस्त छन् ।

पूर्वमा भारतीय र समुद्रपारका मुलुक गरी दुई स्थानबाट आयातित जिप्सम बोर्डको विक्री भइरहेको छ । भारतीय जिप्सम बोर्ड प्रति गोटा ६५० देखि ७५० र समुद्रपारबाट आयातित जिप्सम बोर्ड प्रति गोटा ८ सयदेखि ९ सय रुपैयाँमा विक्री भइरहेको छ । सामान्यतया एक जिप्सम बोर्डको लम्बाइ ६ फिट र चौडाइ ४ फिट गर्दछ । अब नेपालमा उत्पादन हुन थालेपछि यसको मूल्य ५० प्रतिशत कम पर्ने बताइएको छ । अरिहन्त इन्फ्रास्ट्रक्चरका टाइल्सहरू देशभरिका १ हजार पसलबाट विक्री भइरहेको र जिप्सम बोर्ड पनि तिनै पसलमा पाइने बताइएको छ ।

भन्सार विभागको तथ्यांकअनुसार गत आर्थिक वर्षमा १ अर्ब १८ करोड मूल्यको जिप्सम बोर्डको आयात गरिएको छ । जसमध्ये सबैभन्दा बढी भारतबाट ८८ करोड र त्यसपछि चीनबाट १६ करोडको आयात भएको देखिन्छ । व्यवसायीले आयात गर्दा न्यून बिजकीकरण गर्ने हुँदा नेपालमा यसको आयात र कारोबारको वास्तविक मूल्य २ अर्बभन्दा बढीको अनुमान गरिन्छ । जिप्सम बोर्डको आयात गर्दा साफ्टा अन्तर्गत ७.२५ प्रतिशत महसुल १० प्रतिशत अन्तःशुल्क र भ्याट गरी भन्सारविन्दुमा कुल ३३.३१ प्रतिशतको राजस्व छ । त्यस्तै साफ्टाइतरको आयातमा महसुल १५ र अन्तःशुल्क १० प्रतिशत तथा भ्याट समेत गरी जम्मा ४२ दशमलव ९ प्रतिशत राजस्व तिर्नुपर्छ । यहिं उत्पादन गर्दा यो शुल्कबाट छुटकारा हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्