विराटनगरमा कडाई भएपछि नाका फेरेर प्रतिबन्धित औषधी भित्र्याउँदै कारोबारी

<span class='c1'>विराटनगरमा कडाई भएपछि नाका फेरेर</span> <span class='c2'>प्रतिबन्धित औषधी भित्र्याउँदै कारोबारी</span>

विराटनगर । विराटनगरसँग जोडिएका सीमा नाकामा कडाई भएसँगै लागुऔषध कारबोरीले नाका फेरेका छन् । प्रहरीले मोरङको धनपालथान गाउँपालिका–१ गडेरीया नाकामा भित्र्याइएको ट्रामोल २९ हजार ६ सय ८० क्याप्सुल बरामद गरेको छ । यो प्रतिबन्धित औषधी हो ।

मोरङको धनपालथान गाउँपालिका–१ गडेरीया स्थितबाट बेबारीसे अवस्थामा रहेको प्रतिबन्धित औषधी ट्रामोल २९ हजार ६ सय ८० क्याप्सुल प्रहरीले बरामद गरेको छ । मंसिर १६ गते बिशेष सूचनाको आधारमा प्रहरी चौकी गडेरीयाबाट खटिएको प्रहरी टोलीले धनपालथान गाउँपालिका–१ गडेरीया टोल स्थित बाँसको झ्याङमा २ वटा झोलामा बेवारिसे अवस्थामा रहेको प्रतिबन्धित औषधि ट्रामोल २९ हजार ६ सय ८० क्याप्सुल बरामद गरेको हो ।

लागूऔषध बरामद भए संगै ओसार पसारमा संलग्न व्यक्तिको खोजतलास तथा थप अनुसन्धान भईरहेको छ । यसैगरी चेकजाँचको क्रममा सुनसरीको अस्थायी प्रहरी बिट जोरसखुवाले धरान१३ स्थितबाट प्रतिवन्धित औषधी २७६ चक्की सहित १ जनालाई पक्राउ गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्