महिला स्वयंसेविकालाई आधारभूत आँखा हेरचाह तालिम

<span class='c1'>महिला स्वयंसेविकालाई आधारभूत</span> <span class='c2'>आँखा हेरचाह तालिम</span>

विराटनगर। विराटनगर–७ स्थित रहेको रामलाल गोल्छा आँखा अस्पताल प्रतिष्ठानले महिला स्वयंसेविका दिवसको अवसरमा ‘स्वयंसेविकाहरुलाई आधारभूत आँखा हेरचाह तालिम’ सञ्चालन गरेको छ।

अस्पताल परिसरको दोश्रो तल्लास्थित सभा हलमा आयोजित तालिम शुक्रबार बिहान ११ बजेदेखि सुरु भएको थियो। तालिममा महिला स्वास्थ्य स्वयंसेविकालाई प्राथमिक आँखा समस्या पहिचान, प्रारम्भिक स्याहार, बिरामीलाई उपयुक्त स्वास्थ्य संस्थामा रेफर गर्ने प्रक्रिया लगायतका विषयमा प्रशिक्षण दिइएको अस्पतालले जनाएको छ।


तालिममा विराटनगर महानगरपालिकाको स्वास्थ्य महाशाखा प्रमुख दिलिप कुमार यादवसहित स्वास्थ्यकर्मी तथा सम्बन्धित सरोकारवालाहरूको उपस्थिति थियो। उक्त कार्यक्रममा संस्थाको सहकार्यमा सम्पन्न गरिएको अस्पतालले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्