भिजिट भिसा प्रकरणमा सहसचिव भट्टराईसहित ७ लाई मुद्दा

<span class='c1'>भिजिट भिसा प्रकरणमा सहसचिव</span> <span class='c2'>भट्टराईसहित ७ लाई मुद्दा</span>

विराटनगर मङ्सिर २६,

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भिजिट भिसा तस्करी प्रकरणमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका तत्कालीन प्रमुख अध्यागमन अधिकृत तीर्थराज भट्टराईसमेत ७ जना र २ कम्पनीविरुद्ध मुद्दा दायर गरेको छ।

आयोगले उनीहरूविरुद्ध भिजिट भिसा तस्करी गरेर भ्रष्टचार र सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) सम्बन्धी कसुरमा विशेष मुद्दा दर्ता गरेको हो।

भट्टराईको गाउँले बहिनी कविता पौडेल र जग्गा कारोबारीलाई पनि मुद्दा हालिएको छ। अख्तियारले भट्टराई, पौडेल र सुवेदीविरुद्ध ७९ लाख ८० हजार बिगो मागदाबी गरेको छ।

त्यस्तै अख्तियारले अध्यागमन अधिकृत यज्ञराज अर्यालविरुद्ध पनि मुद्दा हालेको छ। अध्यागमन अधिकृत अर्याललाई ८ लाख बिगो कायम गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्