हिड्नै नहुने राजमार्ग, विराटनगरवासीको आउजाउ सहायक सडकको विकल्पमा

<span class='c1'>हिड्नै नहुने राजमार्ग, विराटनगरवासीको</span> <span class='c2'>आउजाउ सहायक सडकको विकल्पमा</span>

विराटनगर । बरगाछीबाट महेन्द्रचौकमा दैनिक काम गर्न आउँछन् आयम पोखरेल । उनका लागि बरगाछी चौकबाट सिधा महेन्द्रचौकको यात्रा सहज हुन्छ । तर, उनलाई आँट छैन, कोशी राजमार्गको यो खण्ड पार लगाउन । आउन त सुरोबुरो, फर्कन अझै कठिन हुनेभएपछि उनी पश्चिम मोडिएर नहर सडक समाउँछन् बरगाछी पुग्छन् । विराटनगर बसपार्कबाट इनरुवाका लागि म्याजिक चलाउँछन्, हिरा साह । उनलाई बसापर्कबाट कन्चनबारी नपुग्दासम्म स्टेरिङ्ग सम्हाल्नै गाह्रो पर्छ । कोसी राजमार्गको रानीदेखि कन्चनबारीसम्म मेडियन स्ट्रिप्स पश्चिम खण्डकोे सडक यात्रा गर्न लायक नै छैन । तर, साहलाई बाध्यता छ, सहायक सडकलाई विकल्प बनाउन मिल्दैन ।

राजमार्गमै हिड्न नमिल्ने भएपछि अहिले धेरैले विकल्पमा भित्री सडक प्रयोग गर्न थालेका हुन् । कारण, राजमार्गमा भएका उडवखाडव । अझै साँझ परेपछि सडक छेउका लाइटले बीचसम्म उज्यालो दिदैन, त्यहिबेला सवारीका रफ्तारमा कतिबेला सड्किने हो थाहै हुदैन ।

त्यसैले ज्यान लैजाला जस्तो राजमार्गको विकल्पमा पश्चिमतर्फको नहर र पूर्वतर्फ ट्राफिकचौक उत्तर–पुरानो गुद्री–सोमबारे हाट हुँदै दुर्गाचौक, अझै पूर्व मुख्य बजारको सडक, मुख्य बजारको सडक जाम हुन्छ भन्ने लाग्दा कतिपयले ट्राफिकचौक–रेन्बो गल्ली पश्चिम न्यूरोबाट हस्पिटल चौकको यात्रा तय गर्दै तीनपैनी पनि निस्कने गरेका छन् । आफ्नै दुई पाङ्ग्रे र चार पाङ्ग्रे सवारी भएकाहरुका लागि जता मोडिएपनि केहि ढिला भएर गन्तव्य टेकिएला । तर, सार्वजानिक सवारीमा पनि सिटी सफारी प्रयोग गर्ने यात्रुका लागि भने राजमार्गको यात्रा सहज छैन ।

यात्रु मात्रै हैनन्, सिटी सफारी चालकको दुखेसो पनि उस्तै छ । हुन त राजमार्गमा सिटी सफारी चलाउन नमिल्ने हो । तर, निषेध नै नगर्दासम्म त जोडबल प्रयोग गरेर पनि व्यवसाय गर्नैपर्ने हुन्छ । महेन्द्र चौकमा भेटिएका सिटी सफारी चालक सन्जय राजबंशीले कोसी राजमार्ग हिड्दा धेरै ध्यान नपु¥याई यात्रुलाई गन्तव्य पु¥याउने नसक्ने भनाई राखे । कोसी राजमार्गको दुरावस्था आजको चाँहि हैन । यो निर्माण गर्दा ताकादेखि नै समस्या हुँदै आएको छ । विभिन्न च्यानेजमा विभाजन गरेर ठेक्का लगाइएकोमध्ये पनि रानीदेखि कन्चनबारीसम्मको सडकमा बढी समस्या छ । त्यसमध्ये पनि केन्द्रभागदेखि पश्चिमतर्फको सडकमै बढी समस्या बारम्बार दोहोरिन्छ ।

कारण, विराटनगर भन्सार कार्यालय हुँदै दैनिक ३५० मालवहाक सवारी औद्योगिक तथा व्यापारिक वस्तु लिएर नेपाल प्रवेश गर्ने गरेका छन् । भन्सार जाँचपासपछि मालवहाक सवारी, सुनसरी–मोरङ औद्योगिक करिडोर क्षेत्रको कच्चा तथा व्यापारिक प्रयोजनका वस्तु गन्तव्यसम्म छोडेर फर्कन्छन् । न्यूनतम दश टनदेखि ९० टनसम्म भार बोकेका सवारी नेपाल भित्रने गरेको त्थइँंक् छ । बल्क कार्गोमा आएका फलाम उद्योगका सामान बोकेका मालवहाकको भारवहन ९० टन भन्दा बढी नै हुन्छ । न्यूनतम १० टनदेखि अधिकतम ९० टनसम्मका गाडी सडकमा हिड्ने गरेका छन् । त्यसैले सडकले सवारीको वजन थेग्न सक्ने अवस्था नहुँदा बारम्बार भासिने र लच्किने समस्या दोहोरिदै आएको छ ।

सडक निर्माण गर्दाको डिजाइनमा दश टन क्षमता छ । तर, सवारी भने ९० टन भार बोकेर सडकमा हिड्छन् । त्यसैले विराटनगर–१८ को आईसीपी प्रवेश बिन्दुदेखि बुढिगंगाको नेमुवासम्मको सडकमा समस्या छ । सडक डिभिजन कार्यालय विराटनगरका इन्जिनियर एवं सूचना अधिकारी प्रभातकिरण राईका अनुसार यो निर्माणका कारणले भन्दा पनि प्रयोगका कारणले समस्या आएको हो । सडक निर्माणपछि त्यसको प्रयोग व्यवस्थापनमा ध्यान पु¥याउने निकाय यातायात व्यवस्था कार्यालय र ट्राफिक प्रहरी कार्यालय हुन्छ ।

तर, औद्योगिक कच्चा बोकेका सवारी भन्सार बिन्दुबाट उद्योगसम्म जानका लागि भारवहनका कारण नरोक्नका लागि सरकारले नै परिपत्र गरेको छ । कारण, ९० टन भार बोकेको मालवहाक सवारीमा फलाम हुन्छ । फलामको एउटा ¥याम्प टुक्राउनु परे त्यो सामान भन्सारमा छैन । त्यति मात्रै हैन अनलोड गर्ने सामाग्री पनि हुन्छ । त्यसैले रेलमार्गबाट आएका बल्क कार्गो सटासट कन्टेर लोड भएर लहरीमा उद्योगसम्म पुग्ने गरेका छन् ।

सडक डिभिजन कार्यालय विराटनगरले पुनः मर्मतका लागि ठेक्का आह्वान गरेको छ । एक करोड १४ लाख लागतमा रानी र बरगाछी एरिया मर्मत गर्ने भएको हो । जुन बारम्बार मर्मत गर्नुपर्ने क्षेत्रमा पर्दछ । यस अगाडी समेत कोशी राजमार्ग अन्तर्गत आईसीपी प्रवेश बिन्दुदेखि रानी नहरसम्मको तीन किलोमिटर क्षेत्रमा मर्मत गरिएको थियो । ‘ओभर लोड’का कारण ‘रटिङ लिक’ (पिच दबेको) क्षेत्र हटाएर मर्मत गरिनेछ । ओभर लोड कन्ट्रोलले औद्योगिक क्षेत्रलाई समस्या पर्ने गुनासो उद्योगीले गर्ने गर्दछन् । भारवहन क्षमता बढाउने गरी सडक निर्माण गर्नुपर्ने बहस समेत सुरु भएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्