विराटनगरको सेन्ट जोसेफ स्कुलद्वारा १०औँ फ्युजन फेस्टको घोषणा

<span class='c1'>विराटनगरको सेन्ट जोसेफ स्कुलद्वारा</span> <span class='c2'>१०औँ फ्युजन फेस्टको घोषणा</span>

विराटनगर पुष १ ,

विराटनगरस्थित सेन्ट जोसेफ्स स्कुलले आफ्नो बार्षिक कार्यक्रमलाइ निरन्तरता दिँदै १०औँ फ्युजन फेस्ट आयोजना गर्ने घोषणा गरेको छ। बिक्रम सम्बत २०३४ सालमा स्वर्गीय पि पि सिटौला र सविता सिटौला द्वारा स्थापना गरिएको यस विधालय हाल
व्यवस्थापकीय निर्देशक र फाउन्डर अमन सिटौलाको नेतृत्वमा सञ्चालन हुँदै आएको छ। कार्यक्रम १९ र २० डिसेम्बरमा आयोजना हुनेछ ।

यस वर्षको फ्युजन फेस्ट विगतका संस्करणभन्दा अझ भव्य र रोमाञ्चक हुने विद्यालयले जनाएको छ। एक दशक पूरा गरेको यस उत्सवले सिर्जनशीलता, एकता र उत्साहपूर्ण सिकाइको यात्रा झल्काउनेछ।

फ्युजन फेस्टका प्रमुख आकर्षणहरूमा डर लाग्दो हाउण्टेड हाउस, उत्साहपूर्ण डिजे तथा लाइभ मनोरञ्जन, विराटनगरका चर्चित होटलहरूका परिकार समेटिएको फुड फेस्टिभल, फेस पेन्टिङ तथा बालबालिकाका लागि रमाइला गतिविधि स्टलहरू रहेका छन्।

त्यसैगरी, विद्यार्थीहरूको सिर्जनशीलता र ज्ञान प्रस्तुत गर्ने विज्ञान तथा कला प्रदर्शनी, विभिन्न संस्कृतिलाई प्रतिनिधित्व गर्ने नृत्य प्रस्तुतिहरू, तथा परम्परा र शैली झल्किने र्याम्प वाक पनि फेस्टका आकर्षण हुनेछन्। प्रत्येक कक्षाले स्टल, प्रस्तुति र प्रदर्शनीमार्फत सक्रिय सहभागिता जनाउने विद्यालयले जानकारी दिएको छ।

विद्यालयका अनुसार फ्युजन फेस्ट केवल मनोरञ्जन मात्र नभई सिर्जनशीलता, प्रतिभा, आत्मविश्वास, टिमवर्क र आनन्दपूर्ण शिक्षालाई प्रवर्द्धन गर्ने उद्देश्यका साथ आयोजना गरिएको हो। हरेक वर्ष करिब ५ हजारभन्दा बढी अभिभावक तथा आगन्तुकको सहभागिता रहने यस कार्यक्रम विराटनगरकै प्रतिक्षित विद्यालयस्तरीय उत्सवका रूपमा परिचित हुँदै आएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्