विराटनगर । विराटनगर ५ मा रहेको दिल्ली पब्लीक स्कुलमा आजबाट अन्तर रनिङ्ख शिल्ड फुटवल प्रतियोगिता हुदैछ । भारतको विद्यालय सहित झापा , सुनसरी र मोरङ सहित १० वटा विद्यालयका टिमले सहभागिता जनाउदैछन् ।

दिल्ली पब्लीक स्कुलको खेल मैदानमा आज दिउँसोबाट हुने तेस्रो दिल्ली पब्लीक स्कुल रनिङ शिल्ड २०८२ मा उद्धाघाटन खेलमा झापाको विर्तामोडमा रहेको निधी सेकेन्डरी स्कुल र सुनसरीको रामधुनीमा रहेको आराम्भ विद्या मन्दिर स्कुल विच हुनेछ । विजेता टिमले ट्रफि पदक , प्रमाणपत्र सहित नगद समेत प्रदान गरिने स्कुलले जनाएको छ ।
त्यसैगरी द्धितीय हुने टिमलाई पनि ट्रफी , पदक , प्रमाण पत्र र नगद प्रदान गरिनेछ भने प्रतियोगितामा सबैभन्दा बढी गोल गर्ने खेलाडीलाई उत्कृष्ट गोलकर्ताको रुपमा ट्रफी प्रदान गरिने तेस्रो दिल्ली पब्लीक स्कुल रनिङ शिल्ड २०८२ का खेल संयोजक सुमित डंगोलले जानकारी दिए ।
