ज्वाँई–ससुरा फसाउने चारजना पक्राउ, आफैं गर्ने कारोबार–अर्कालाई डुबाउन प्रहरीमा खबर

<span class='c1'>ज्वाँई–ससुरा फसाउने चारजना पक्राउ, आफैं</span> <span class='c2'>गर्ने कारोबार–अर्कालाई डुबाउन प्रहरीमा खबर</span>

विराटनगर । गत मंसिर २७ गते प्रहरीमा एउटा सूचना प्राप्त भयो । सूचना अनुसार प्रदेश–१–०४–००२ प ६४७१ नम्बरको मोटरसाइकलमा अवैध लागुऔषध ब्राउनसुगर रहेको विवरण उल्लेख थियो ।
प्रहरीले गोप्य सूचनाको आधारमा मोटरसाइकलको दायाँपट्टीको इन्डिकेटर भित्र लुकाई राखेको खैरो हिरोइन जस्तो देखिने १३.३१० ग्राम पदार्थ फेला पा¥यो । मोटरसाइकलमा थिए, मोरङको धनपालथान गाउँपालिका २ बस्ने २९ वर्षीय राजीव चौधरी । उनलाई प्रहरीले नियन्त्रणमा लिएर शरीर खानतलास गर्दा अन्य बस्तु फेला परेन । मोटरसाइकलको इन्डिकेटरमा भेटिएको बस्तु समेत आफ्नो नभएको उनले बारम्बार अडान लिए ।

त्यसपछि प्रहरीलाई मिल्यो सुराक । गत बैशाख २० गते धनपालथान–२ का ४५ वर्षीय चन्द्र शेखर मण्डल पनि उस्तै सूचनामा पक्राउ परेका थिए । त्यसबेला समेत मण्डल सवार को ६ प १६२६ नम्बरको मोटरसाइकलमा ब्राउनसुगर रहेको भन्ने गोप्य सूचनापछि प्रहरीले पक्राउ गरेको थियो । चौधरी र मण्डल चाँहि ज्वाँई–ससुरा रहेको खुलेपछि प्रहरीले सूचना दिनेहरुबाट नै कुनै न कुनै बदनियत राखेको निचोड निकाल्यो । किनकी चौधरीसँग लागुऔषध छ भनेर दिइएको सूचना र मण्डलसँग लागुऔषध छ भनेर दिइएको सूचना मिल्दोजुल्दो थियो । दुवैको मोटरसाइकलको इन्डिकेटरमा ब्राउन सुगर छ भनिएको थियो ।

जतिबेला बैशाखमा मण्डल पक्राउ परेका थिए, उनले पनि लागुऔषध आफ्नो नभएको अडान लिएका थिए । प्रहरीले मण्डलको मोटरसाइकलबाट बरामद गरेको ब्राउनसुगर भनिएको पदार्थको परीक्षण गराउँदा त्यो पुष्टि नभएपछि उनी छुटेका थिए । अहिले चौधरीको पनि त्यस्तै प्रकृतिको वस्तु राखिएको थियो । त्यसपछि खोज्दै जाँदा धनपालथान गाउँपालिका ७ का २२ वर्षीय विशालकुमार सिंहले योजना बनाएर उनीहरुलाई फसाउन खोजेको अनुसन्धानबाट खुल्यो । सिंहको चन्द्रशेखर मण्डलसँग व्यक्तिगत रिसइबी रहेकोले उनले दुवैजनालाई फसाउन यस्तो काम गरेको खुलेको हो ।

मोरङ प्रहरी प्रवक्ता कोपिला चुँडालका अनुसार बिशाल कुमार सिंहले विराटनगर–९ घोघापुलका राजा धोवी, धनपालथान गाउँपालिका–७ का २७ वर्षीय रोशन मण्डल र धनपालथान गाउँपालिका–१ का २८ वर्षीय पारस मण्डलसँग मिलेर उनीहरुलाई फसाउन यस्तो काम गरेको खुलेको छ । यी चारजनाले गत बैशाखमा ससुरा चन्द्र शेखर मण्डललाई ब्राउन सुगर भन्दै कुनै लिसाइलो वस्तु इन्डिकेटरमा राखेर प्रहरीमा खबर गरेको खुलेको थियो । गत मंसिर २७ गते पुनः उनकै ज्वाँई राजीव चौधरीलाई त्यहि तरिकाको षड्यन्त्रमा फसाउन खोजेको पाइएपनि पक्राउ परेका छन् ।

प्रहरीले थप अनुसन्धान गर्दा जसले मोटरसाइकलमा लागुऔषध छ भनेर खबर गर्थे, उनीहरु नै लागुऔषध कारोबारी रहेको खुल्यो । खबर चाँहि प्रहरीलाई अल्मल्याउन र आफ्नो काम सोझ्याउनका लागि गर्ने गरेको देखियो । त्यसमा सिंहले आफ्नो रिसइबी भएका चन्द्रशेखर मण्डललाई प्रयोग गर्न अन्यसँग सहकार्यगत योजना बनाएको प्रहरीको निष्कर्ष छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्