विराटनगरको डम्पिङ साइट सरेपछि सार्नु नहुने विरोध

<span class='c1'>विराटनगरको डम्पिङ साइट सरेपछि</span> <span class='c2'>सार्नु नहुने विरोध</span>

विराटनगर । महानगरपालिकामा दैनिक उत्पादन हुने फोहोर विराटनगर–६ ब्रम्हपुराबाट सारेपछि भने विरोधका स्वर सुनिन थालेका छन् । फोहोरबाट मोहर कमाई रहेकाहरुले डम्पिङ साइट सरेपछि भने सार्न नहुने जस्तो आशयका कुरा उठाएर राजनीति सुरु गरेका हुन् ।

यसको दवावमा विराटनगर महानगरपालिका परेको छ । तर, विराटनगर महानगरपालिका ब्रम्हपुराबाट डम्पिङ साइट सार्नुपर्ने दवावमा थियो । फोहोरले प्रदुषण फैलिएर सुनसरीमा समेत असर गरेको दवाव थियो । अर्कोकुरा बारम्बार थुपारिएको फोहोरमा आगलागी हुने समस्या पनि थियो । फोहोर थुपारेको बीस वर्ष भइसकेको थियो । त्यसैले मिथुन ग्यास कारण पनि आगलागी हुने समस्या दोहोरिने गर्दथ्यो ।

तर, आगो भने फोहोर संकलन गर्ने कम्पनीले चाँहि लगाउने नगरेको अहिले खुलेको छ । विराटनगर महानगरपालिकाका एक कर्मचारीका अनुसार त्यहाँ फोहोर थुपार्ने जग्गा निजी कम्पनीले लिजमा लिएका हुन् । जसमध्ये विराटनगरको उत्तरी भेगको फुलबारी वेष्ट थ्रीआर पोलुशनले श्रवण चौधरीसँग र मध्यभाग स्वास्थ्य र शान्तिका लागि वातावरणले विजय कामतसँग जग्गा भाडामा लिएका थिए । उत्तर क्षेत्रको फोहोर फ्याँक्न चौधरीसँग ६० हजार भाडा तिर्दै आएको थियो ।

यसैगरी मध्यभागको फोहोर फ्याँक्नका लागि स्वास्थ्य र शान्तिका लागि वातावरण भन्ने संस्थाले पनि मासिक ८० हजार रुपैँया भाडा कामतलाई बुझाउने गरेका थिए । तर, जग्गाको भाडा बाहेक पनि त्यहाँ विभिन्न नाममा पैसा असुल्ने समूह थिए । त्यो समूहले अहिले पुनः बखेडा झिकेर विराटनगर १६ मा सार्न नहुने भन्ने आशयका कुरा गर्न थालेका हुन् । जसका लागि उनीहरुले नयाँ डम्पिङ साइटमा भएका स्थानका आसपाससम्म पुगेर अनावश्यक हल्ला फैलाउने काम गरिरहेका छन् ।

यता डम्पिङ साइट सरेपछि भने सार्नु नहुने भन्दै कतिपयले अनावश्यक बखेडा झिक्न थालेका छन् । विराटनगर महानगरपालिकाले तत्काललाई अस्थायी रुपमा आफ्नै स्वामित्वको जग्गामा फोहोर डम्पिङ गर्नेछ । त्यसपछि त्यहाँ एकिकृत फोहोरमैला व्यवस्थापन केन्द्र बनाउने योजना अनुसार काम बढाउने छ । फुलबारी वेष्ट थ्रीआर पोलुशनका उमेश कटुवालले फोहोर डम्पिङ गर्दा बिचौलियाकै रुपमा दैनिक रकम नमागेपनि विभिन्न पर्व तथा पुजाहरुको नाममा त्यहाँ केहि सहयोग गर्नुपर्ने स्थिति थियो । अर्को चाँहि सहज रुपमा डम्पिङ साइट प्रयोग गर्न पाइन्थ्यो । अझै यो कम्पनीले लिएको जग्गाको लालपूर्जा समेत थिएन । त्यतिकै बाहुबलीको भरमा जग्गा प्रयोग गरिरहेको भन्ने आशय अनुसार भाडा बुझाउनु पर्ने अवस्था रहेको थियो ।

अर्को संस्था स्वास्थ्य र शान्तिका लागि वातावरणका एकराज खनालले त्यति धेरै दवाव नभएपनि सहज नभएको सुनाए । उनले अहिले त्यहाँ कवाडीमा सामान छान्नेहरु, दैनिक फोहोरबाट आयआर्जन गर्नेहरुले डम्पिङ साइड सार्न नहुने माग राख्दै आएका छन् । यहाँ थुपारिएको फोहोर सेग्रिकेशन गर्नेहरु झण्डै ४० जना रहेका थिए । त्यस बाहेक कवाडीको काम गर्ने कम्पनीहरुले समेत त्यहाँ कारोबार गरिरहेका थिए । अब ती सबैका लागि तत्काललाई फोहोर सेग्रिकेशन गर्ने बाटो समेत बन्द हुनेछ ।

विराटनगर महानगरपालिकाका सरसफाई शाखाका प्रमुख पुनम दाहाल फोहोरमा राजनीति गर्न नहुने कुरा सबैले बुझ्नुपर्ने बताउँछन् । उनले फोहोरलाई व्यवस्थित गर्ने कामका लागि भइरहेका कार्यहरुले ट्रयाक नपक्रदासम्म कतिपय कुरामा असहज हुनसक्ने बताउँछन् । विराटनगरमा दैनिक उत्पादन हुने एकसय मेट्रिकटन फोहोर विराटनगर–६ को ब्रम्हपुरामा डम्पिङ गर्दै आएको २० वर्षपछि स्थान परिवर्तन गरिएको हो । पुस १ गतेदेखि नै फोहोर नयाँस्थलमा लैजान थालिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्