विराटनगर । नेकपा एमालेको नयाँ नेतृत्वमा केपी शर्मा ओली विजयी भएका छन् । निर्वाचन आयोगले दिएको पछिल्लो विवरण अनुसार अध्यक्षका उम्मेदवार केपी ओलीले १६ सय ६३ मत प्राप्त गरेका छन् ।
उनका प्रतिस्पर्धी ईश्वर पोखरेलले ५ सय ६४ मत प्राप्त गरेका छन् । औपचारिक घोषणा भएको छैन । ओली लगातार तेस्रो पटक अध्यक्षमा निर्वाचित भएका हुन् ।