विराटनगरको वायु गुणस्तर मापन स्टेसन चोरी

<span class='c1'>विराटनगरको वायु गुणस्तर</span> <span class='c2'>मापन स्टेसन चोरी</span>

विराटनगर । चिसो बढ्दै छ । चिसो बढ्दै जाँदा वायु प्रदुषण समेत बढ्छ । त्यसले मानव स्वास्थ्यमा पार्ने असर गम्भीर हुनसक्छ । तर, पछिल्लो २४ घण्टामा विराटनगरको वायु प्रदुषण कस्तो छ भनेर विराटनगरवासीले हेर्ने सुविधा भने छैन । वातावरण विभागले विराटनगरस्थित महेन्द्र मोरङ क्याम्पस परिसरमा वायु गुणस्तर मापन केन्द्र स्टेसन स्थापना गरेको थियो । पाँचवर्ष अगाडी स्थापना गरेको यो स्टेसन दुईवर्षदेखि सञ्चालनमा छैन । मोरङ क्याम्पसको स्टेसनले मापन गर्ने अनि त्यसको डिस्प्ले चाँहि डिभिजन वन कार्यालयको बोर्डमा देखिन्थ्यो ।

स्टेसनका सामान नै चोरी भएपछि अहिले विराटनगरको वायु गुणस्तर कस्तो भनेर हेर्ने अवसर पनि छैन । क्याम्पस परिसरमा मापन केन्द्र राखेर वन कार्यालयमा राखिएको डिस्प्ले पनि गत भदौ २४ गते जेनजी आन्दोलनको नाममा क्षति पुगेको छ । त्यति भएपछि न स्टेसन छ न त डिस्प्ले । यसमा देशभरको वायु प्रदुषणसँग सम्बन्धित तथ्यांक विराटनगरवासीले सार्वजानिक रुपमा अध्ययन गर्न पाउँथे । त्यस बाहेक विराटनगरको अवस्था बारे नागरिकले सूचना पाएर सचेत पनि हुन्थे । वातावरण विभागका सूचना अधिकारी दिपक ज्ञवालीका अनुसार मापन केन्द्र फुटाएर चोरी भएपछि तथ्यांक संकलन गर्न असहज बनिरहेको छ ।

उनले दुईवर्ष अगाडीदेखि नै क्याम्पस परिसरको मुख्य मेशिनरी वस्तुको सामान चोरी भएपछि यसलाई बन्द गर्नुपर्ने स्थिति आएको सुनाए । मुख्य मेसिनका केहि पार्टस्, ब्याकअप सिस्टम, ब्याट्री र इन्भर्टर समेत चोरी भइसकेपछि बाँकी रहेको मेसिनलाई विभागले उठाएको छ । ज्ञवालीले सुरक्षाको प्रवन्ध हुने स्थानमा यसको स्थापना गर्ने विषयमा छलफल भइरहेको जानकारी दिए । तर, कहिले स्थापना हुन्छ भन्ने कुरा यकिन गर्न सकेनन् ।

कोशी प्रदेशमा वातावरण विभागले यस्तो मापन केन्द्रको स्टेसन विराटनगरसहित धनकुटा र इलाममा समेत स्थापना गरेको थियो । तर, अहिले इलामको बाहेक धनकुटाको पनि सञ्चालनमा छैन ।
हरेक वर्ष जाडो मौसम सुरु भएसँगै वायु प्रदूषण बढ्ने सामान्य मानिन्छ । यो वर्ष विराटनगरको मौसम शुक्रबार यस अगाडी भन्दा बढी चिसिएको अनुभूति भएको छ । मौसम चिसो हुँदै जाँदा वायुप्रदूषणको मात्रा बढ्ने कारण भनेको जाडो मौसममा हावा पनि चिसो हुन्छ । चिसो भएपछि घनत्व हुन्छ । त्यसैले घनत्व बढ्दा चिसो हावा उड्न सक्दैन । त्यसको माथिल्लो तहमा तातो हावा समेत हुने भएकोले प्रदूषणलाई यहि वायुमण्डल भित्र रुमलिएर राख्दा अवरोध हुन्छ । त्यहि भएर जाडो मौसममा प्रदूषण बढी हुने भनाई छ । हिउँदमा पानी पनि पर्दैन । त्यसैले वायुमण्डलको प्रदूषण पखाल्नका लागि यो मौमसमा हत्तपत्त वर्षा पनि हुँदैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्