विराटनगरमा बढ्यो चिसो, यस्तो छ मोरङमा शितलहर कहर हटाउने न्यानो योजना

<span class='c1'>विराटनगरमा बढ्यो चिसो, यस्तो छ मोरङमा</span> <span class='c2'>शितलहर कहर हटाउने न्यानो योजना</span>

विराटनगर । गत शुक्रबार बिहान उठ्दा विराटनगरमा हुस्सुले छपप्क छोपिराख्या थियो । तराई मधेशमा त्यसपछि बाक्लो हुस्सु र चिसो हावाले जनजीवनलाई सामान्य प्रभावित बनाइरहेको छ । हुस्सुसँगै शीत समेत मन्द हावासँगै पीरपीर खस्दा बिहान कठ्याङ्ग्रीने अनुभव गराउन थालेकोे छ । साँझपख तिखो चिसो हावाले ओठमुख सुकाउन थालेको छ । तर, दिउँसो हक्का न्यानो घाम लाग्ने भएपनि चिसो अनुभव उतिकै हुन थालेको छ ।

 

बिहान र बेलुकाको चिसोले मानिसहरू घरबाहिर निस्कन कठिन हुने स्थिति छ । चिसोको मारमा विशेष गरी बालबालिका, वृद्धवृद्धा र कम आयआर्जन भएका परिवार छन् । चिसो बढेसँगै मोरङमा त्यसको तयारी पनि सुरु गरिएको छ । स्थानीय प्रशासनले शितलहरका कारण जिल्लाभर प्रभावित हुने परिवारको संख्या यकिन गरेर स्थानीय तहसँगको समन्वयमा तयारी गरिरहेको हो । तर, विपद् क्लष्टरको सूचीमा शितलहर पर्दैन । गृहमन्त्रालयले नै शितलहरलाई विपदजन्य क्लष्टरमा राखेको छैन । जिल्ला प्रशासन कार्यालय मोरङका विपद फोकल पर्सन परमेश्वर भट्टराईका अनुसार मोरङमा शितलहरका कारण प्रभावित हुने घरपरिवारको संख्या स्थानीय तहसँगको समन्वयमा यकिन गरेर आपतकालिन राहतका लागि तयारी भइरहेको बताउँछन् । त्यसका लागि गतवर्षको तथ्यांकलाई नै आधार मानिएको छ ।

जेनजी आन्दोलनका कारण राहत सामाग्री जलेका कारण राहत प्रवन्ध मिलाउने कार्य गर्नुपर्ने अवस्था रहेको छ । जसमा शितलहरको लागि तत्काल आवश्यक पर्ने एक हजार थान कम्बल, म्याट्रेस एक हजार थान, त्रिपाल ५०० थान मगाइएको छ । यसैगरी तत्काल आवश्यक पर्ने रकम दशलाख रुपिँया आन्तरिक मामिला तथा कानुन मन्त्रालयसँग माग गरिएको छ । प्रतिकार्यका लागि जिल्ला प्रशासन कार्यालयसँग कुनै सामान जोहो छैन । नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीसँग समेत सामान छैन । हालसम्म रेडक्रस मोरङ शाखासँग ५० थान कम्बल र ६५ थान म्याट्रेस र २२ थान त्रिपाल रहेको विवरणमा उल्लेख छ ।

२०८१÷२०८२ मा अनुमान गरिएको प्रभावित र त्यसकालागि गरिएको व्यवस्थापनपछि स्थानीय तहमा रहेको राहत सामाग्रीको मौज्दातको तथ्यांकलाई एकिकृत गरिएको छ । आपतकालिन अवस्था आउन साथ स्थानीय तहले तत्काल विभिन्न संघसंस्था समेतको सहयोगमा नागरिकका लागि न्यानो पार्ने राहत उपलब्ध गराउने तयारी रहेको छ । यसैगरी वन कार्यालयबाट दाउरा उपलब्ध गराउने र त्यसलाई सशस्त्र प्रहरी बलले टोलटोलमा पु¥याउनेसम्मका योजना समेत तयार पारिएको छ ।

जिल्ला विपद पूर्व तयारी तथा प्रतिकार्य योजना अनुसार मोरङका १७ पालिकाकै अवस्था विश्लेषण गरिएको छ । गतवर्षको आधारमा विराटनगर महानगरपालिका भित्र तीन हजार घरपरिवार चिसोबाट प्रभावित हुने अनुमान गरिएको छ । जुन १३ हजारजना नागरिक हुन् । त्यसका लागि महानगरपालिकासँग ५० थान ब्लाङकेट, १३६ थान त्रिपाल, २० थान डस्पीन र सोलार लाइट २५ थान रहेको छ । राहत सामाग्री थप गर्नुपर्ने स्थितिसँगै जाडोबाट जोगिन सचेतनाका कार्यक्रम सञ्चालन गर्ने निर्णय गरिएको छ ।

यसैगरी सुनवर्षीमा ८०० थान कम्बल र १०० थान त्रिपाल खरिद गरेर सुरक्षित गरिएको छ । ग्रामथानसँग १०० थान त्रिपाल र एकसय थान म्याट्रेस, सुन्दरहरैंचामा ४० थान म्याट्रेस, जहदामा २० थान त्रिपाल, कटहरीमा २५० थान ब्लाङ्केट र ५०० केजी दाउरा, कानेपोखरीमा ३० क्विन्टल चामल, ६०० केजी दाल र तेल ६०० लिटर मौज्दात रहेको देखाइएको छ । रंगेलीमा ५०० थान त्रिपाल, उर्लाबारीमा ७० थान डसना र ७० थान सिरानी, रतुवामाईमा २५ थान त्रिपाल मौज्दात रहेको उल्लेख छ । झण्डै १५ हजार शितलहरबाट प्रभावित हुने धनपालथानमा भने केहि सामान छैन । पथरी शनिश्चरे, मिक्लाजुङ, बेलबारी, केराबारी लेटाङमा कुनै सामान भएको उल्लेख छ । बेलबारीले न्यानो कपडा खरिद गरेर वितरण गरेको उल्लेख गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्