तेस्रो डीपीएस रनिङ कपको फाइनलमा दिल्ली पब्लिक स्कुल र भारतको माउन्ट जियोन भिड्दै

<span class='c1'>तेस्रो डीपीएस रनिङ कपको फाइनलमा दिल्ली पब्लिक</span> <span class='c2'>स्कुल र भारतको माउन्ट जियोन भिड्दै</span>

विराटनगर।
तेस्रो डीपीएस अन्तर्राष्ट्रिय आमन्त्रण अन्तरविद्यालय फुटबल रनिङ कप–२०८२ को फाइनल खेलमा आयोजक दिल्ली पब्लिक स्कुल र भारतको माउन्ट जियोन इङ्लिस बोर्डिङ स्कुल आमनेसामने हुने भएका छन्।

विराटनगर–५ स्थित दिल्ली पब्लिक स्कुलद्वारा आयोजित प्रतियोगिताको फाइनल खेल पुष ७ गते स्कुलको खेल मैदानमा दिउँसो १ बजे सञ्चालन हुनेछ।

पुष २ गतेदेखि सुरु भएको प्रतियोगितामा भारतबाट एक विद्यालयसहित झापा, सुनसरी र मोरङका गरी १० वटा विद्यालयले सहभागिता जनाएका थिए। विभिन्न चरणका खेलमा विजयी हुँदै दिल्ली पब्लिक स्कुल र माउन्ट जियोन इङ्लिस बोर्डिङ स्कुल फाइनलमा पुगेको जानकारी प्रतियोगिताका खेल संयोजक सुमित डंगोलले दिनुभएको छ।

स्कुलका अनुसार प्रतियोगिताको विजेता टिमलाई ट्रफी, पदक, प्रमाणपत्र तथा नगद पुरस्कार प्रदान गरिनेछ। त्यस्तै, उपविजेता टिमलाई पनि ट्रफी, पदक, प्रमाणपत्र र नगद प्रदान गरिनेछ। प्रतियोगितामा सबैभन्दा बढी गोल गर्ने खेलाडीलाई उत्कृष्ट गोलकर्ताको रूपमा ट्रफी प्रदान गरिने व्यवस्था गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्