चीनमा विश्वकै सबैभन्दा ठूलो एकीकृत हरित हाइड्रोजन–एमोनिया–मेथानोल परियोजना सञ्चालनमा

<span class='c1'>चीनमा विश्वकै सबैभन्दा ठूलो एकीकृत</span> <span class='c2'>हरित हाइड्रोजन–एमोनिया–मेथानोल परियोजना सञ्चालनमा</span>

काठमाडौं । चीनको जिलिन प्रान्तस्थित सोंगयुआन सहरमा विश्वकै सबैभन्दा ठूलो एकीकृत हरित हाइड्रोजन, एमोनिया र मेथानोल परियोजनाको पहिलो चरण सञ्चालनमा आएको छ ।

यस परियोजनाबाट वार्षिक ४५ हजार टन हरित हाइड्रोजन उत्पादन हुने अपेक्षा गरिएको छ, जुन चीनको हालको कुल हाइड्रोजन उत्पादनको करिब पाँचौँ भाग बराबर हो । परियोजनाको पहिलो चरणले मात्र वार्षिक ७ लाख ४० हजार टन कार्बन उत्सर्जन घटाउने अनुमान गरिएको छ । चाइना इनर्जी इन्जिनियरिङ कर्पोरेसन (सीइइसी) द्वारा विकास गरिएको यस परियोजनाले ठूलो मात्रामा हाइड्रोजन उत्पादन र हरित हाइड्रोजन, एमोनिया तथा मेथानोलको एकीकृत संश्लेषणमा महत्वपूर्ण प्राविधिक उपलब्धि हासिल गरेको बताइएको छ ।

कम्पनीका अध्यक्ष नी झेनले नयाँ ऊर्जाको उतार–चढावलाई रासायनिक पदार्थको स्थिर उत्पादनसँग सफलतापूर्वक जोड्न सकिएको उल्लेख गर्दै यसले देशभर हरित हाइड्रोजनमा आधारित रासायनिक उद्योगको विकासका लागि व्यवहारिक मार्ग प्रशस्त गरेको बताए । यसैबीच, सीएमबी.टेकका प्रमुख कार्यकारी अधिकृत अलेक्जेन्डर सेभरीसले परियोजनालाई ढुवानी उद्योगको कार्बन उत्सर्जन घटाउने दिशामा ठूलो उपलब्धि भएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्