बंगलादेशमा भएको घटनाको विरोध गर्दै विराटनगरमा प्रदर्शन (फोटो फिचर)

<span class='c1'>बंगलादेशमा भएको घटनाको विरोध गर्दै</span> <span class='c2'>विराटनगरमा प्रदर्शन (फोटो फिचर)</span>

विराटनगर । बङलादेशमा हालै भएको घटनाको विरोधमा विश्व हिन्दू परिषद् युवा विभाग नेपालले विराटनगरमा प्रदर्शन गरेको छ । विराटनगरको पञ्चमुखी हनुमान मन्दिरमा भेला भई बङलादेशमा हिन्दू समुदायमाथि भइरहेको कथित अन्याय र हिंसाप्रति आपत्ति जनाउँदै प्रदर्शन गरेका हुन् ।


सहभागीहरूले विभिन्न न्यायको नाराहरू लेखिएका प्लेकार्ड बोकेर नगर परिक्रमापछि सोही मन्दिर अगाडी कोणसभा गरेका थिए । विश्व हिन्दू परिषद् युवा विभाग नेपालमा आवद्ध युवाहरुले बङलादेशमा हिन्दू समुदाय असुरक्षित बन्दै गएको आरोप लगाउँदै मानवअधिकारको संरक्षण गर्न अन्तर्राष्ट्रिय दबाब आवश्यक रहेको बताएका छन् ।

उनीहरूले यस्ता घटनाहरू तत्काल रोक्न कूटनीतिक पहल गर्न पनि आग्रह गरेका छन् ।

 

तस्वीर : प्रेम देवान / आवर विराटनगर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्