भारतको पूर्वी ओडिशामा स्याउको प्रयोग गरेर बनाइयो विशाल सान्ता क्लज

<span class='c1'>भारतको पूर्वी ओडिशामा स्याउको प्रयोग</span> <span class='c2'>गरेर बनाइयो विशाल सान्ता क्लज</span>

एजेन्सी । विश्व प्रसिद्ध बालुवा कलाकार सुदर्शन पटनायकले क्रिसमसको पूर्वसन्ध्यामा भारतको पूर्वी ओडिशा राज्यको समुद्र तटमा एक हजार किलोग्रामभन्दा बढी स्याउ प्रयोग गरेर सान्ता क्लज सिर्जना गरेका छन् ।

विशाल बालुवाका मूर्तिहरू सिर्जना गरेर परिचित पटनायकले १.५ टन स्याउ प्रयोग गरेर चम्किलो रातो रंगको सान्ता क्लज बनाए । जुन लगभग ६० फिट लम्बाइ र ४५ फिट चौडाइको थियो । विश्व शान्तिको कामना गर्दै सान्ताको सिर्जन गरिएको हो । पटनायक र उनको टोलीले लामो समय लगाएर स्थापना गरेको उक्त सिर्जनालाई आगन्तुकहरुले चमत्कार भनेका छन् । गत वर्ष, पटनायकले चकलेटबाट बालुवाको मूर्ति बनाएका थिए ।

सान्ता क्लजको विश्वको सबैभन्दा ठूलो क्यान्डी चकलेट र बालुवा स्थापनाको रूपमा भारतको विश्व रेकर्ड बुकमा पनि स्थान बनाएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्