विराटनगर । विराटनगर बसपार्कबाट एकजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा विराटनगर १० का पप्पु राम छन् । उनलाई १०१ ग्राम ब्राउन सुगरसहित नियन्त्रणमा लिइएको हो ।
वडा प्रहरी कार्यालय विराटनगर र लागुऔषध नियन्त्रण ब्यूरो विराटनगरको टोलिले चेकजाँच गर्दा उनको साथमा ब्राउन सुगर फेला परेको थियो ।
त्यसैगरी इलाका प्रहरी कार्यालय बुधनगरले जहदा गाँउपालिका१ कुलरिया स्थित परालको कुन्युमा बेवारिसे अवस्थामा राखेको ६० किलोग्राम लागु औषध गाँजा बरामद गरी नियन्त्रणमा लिएको छ ।