विराट एक्स्पो : ‘स्टार्ट अप जिरो टु हिरो’ अन्तर्गत चार आईडिया छनोट

<span class='c1'>विराट एक्स्पो : ‘स्टार्ट अप जिरो</span> <span class='c2'>टु हिरो’ अन्तर्गत चार आईडिया छनोट</span>

विराटनगर । मोरङ उद्योग व्यापार संघको आयोजनामा संचालन भईरहेको विराट एक्स्पोकै सन्दर्भमा आयोजित थिमेटिक सेसनमा प्रस्तुत भएमध्ये चार उत्कृष्ट आईडिया छनोटमा परेका छन् ।
संघले संचालन गरेको बुट क्याम्पबाट छनोट भएका अन्तिम १५ बाट छानिएका १३ मध्ये चार वटालाई निर्णायकले उत्कृष्ट ठहर गरेका हुन । छनोट भएका उनीहरुले अब आईडिया स्टुडियो सिजन ९ मा सिधा प्रवेश पाएका छन् ।

संघले आह्वान गरेपछि कोशी प्रदेशका विभिन्न जिल्लाका १० जिल्लाबाट ५२ आईडिया दर्ता भएको र क्याम्पमा सहभागी भई अन्तिम १५ छनोट गरिएको जनाएको छ।
विराट एक्स्पो स्थलमा दैनिक आयोजना भईरहेको थिमेटिक सेसनकै क्रममा आईडिया पिच गरेका मध्ये विष्णु पोखरेल, जीवन कुसवाहा, भिजन प्रताप खत्री र आयुष आचार्यले पिच गरेका आईडिया उत्कृष्ट ठहर गरिएका हुन ।

उनीहरुको आइडियालाई उद्यमशीलता विकाससँगै व्यवसायमा रुपान्तरण गर्न संघले समन्वकारी भूमिका निर्वाह गर्ने अध्यक्ष अनुपम राठीले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्