युएई र अस्ट्रेलियामा आतसबाजीसहित नयाँ वर्ष २०२६ को भव्य स्वागत

<span class='c1'>युएई र अस्ट्रेलियामा आतसबाजीसहित नयाँ</span> <span class='c2'>वर्ष २०२६ को भव्य स्वागत</span>

काठमाडौं । संयुक्त अरब इमिरेट्स (युएई) र अस्ट्रेलियाले २०२६ नयाँ वर्षलाई भव्य बत्ती र आतसबाजी प्रदर्शनसहित स्वागत गरेका छन् । जनवरी १ को मध्यरातमा विश्वप्रसिद्ध स्थलहरूमा गरिएको आकर्षक उत्सवले आकाश उज्यालो बनाएको देखिएको थियो ।

युएईको दुबईस्थित ८२८ मिटर अग्लो बुर्ज खलिफाले नयाँ वर्षको अवसरमा विशेष आकर्षण प्रस्तुत ग¥यो । मध्यरातको काउन्टडाउनसँगै टावरका एलईडी स्क्रिनहरूमा अरबी, अंग्रेजी र चिनियाँ भाषामा ‘ह्याप्पी न्यु इयर’ सन्देश झल्काइएको थियो । करिब आठ मिनेट लामो यस दृश्यात्मक कार्यक्रममा ड्रोन प्रदर्शन र थ्रीडी प्रोजेक्सन म्यापिङमार्फत दुबईको सांस्कृतिक सम्पदा र अत्याधुनिक प्रविधिको झलक प्रस्तुत गरिएको थियो । स्थानीय प्रशासनका अनुसार यस वर्ष पहिलो पटक डाउनटाउन दुबईमा नयाँ वर्षको उत्सव आठ दिनसम्म विस्तार गरिएको छ ।

डिसेम्बर ३१, २०२५ देखि जनवरी ७, २०२६ सम्म विभिन्न कार्यक्रमहरू आयोजना गरिने जनाइएको छ । यसैबीच, अस्ट्रेलियाले पनि सिड्नीमा भव्य आतसबाजीसहित नयाँ वर्षको स्वागत गरेको छ । समुद्री किनारमा आयोजित कार्यक्रममा विश्वभरबाट आएका लाखौं दर्शकहरू सहभागी भएका थिए । सिड्नीमा दुई चरणमा आतसबाजी प्रदर्शन गरिएको थियो । पहिलो चरणमा राति ९ बजे आठ मिनेटको र दोस्रो चरणमा मध्यरातमा १२ मिनेटको आतसबाजी गरिएको थियो । सिड्नी हार्बर ब्रिज र ओपेरा हाउससहितका प्रमुख स्थलहरूबाट पानी, जमिन र आकाशबाट आतसबाजी प्रक्षेपण गरिएको थियो ।

करिब सात किलोमिटर क्षेत्रफलमा फैलिएको यस प्रदर्शनमा ४० हजारभन्दा बढी विभिन्न आतसबाजी प्रभावहरू देखाइएको थियो । दक्षिणी गोलार्धको यस शहरमा प्रत्येक वर्ष आयोजना हुने नयाँ वर्षको उत्सव विश्वकै सबैभन्दा भव्य कार्यक्रममध्ये एक मानिन्छ । बुधबार नै विश्वका विभिन्न देशबाट आएका मानिसहरू परिवार र साथीहरूसँग नयाँ वर्षको विशेष क्षण साझा गर्न अवलोकन स्थलहरूमा समयअघि नै पुगेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्