नेपाल प्रहरीका डीआईजी नवराज सिलवाल पक्राउ

<span class='c1'>नेपाल प्रहरीका डीआईजी</span> <span class='c2'>नवराज सिलवाल पक्राउ</span>

११ बैशाख, काठमाडौं । नेपाल प्रहरीका डीआईजी नवराज सिलवाललाई प्रहरीले पक्राउ गरेको छ । बालुवाटारस्थित वरिष्ठ अधिवक्ता शम्भु थापाको घरमा कानुनी परामर्श लिइरहेका बेला सिलवाललाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
सिलवालसँगै थापालाई पनि प्रहरीले हिरासतमा लिएको अधिवक्ता टिकाराम भट्टराईले जानकारी दिए ।प्रहरी प्रधान कार्यालयले भने छानविन समितिले सिलवाललाई बयानका लागि ल्याएको बताएको छ ।आईजीपीले बोलाएको बैठक बहिस्कार गरेपछि प्रहरी हेडक्वाटरले सिलवाललाई स्पष्टीकरण सोधेको थियो ।साथै कार्यसम्पादन मूल्यांकनको कागजात पेश गर्ने क्रममा कीर्ते गरेकोबारे छानविन गरिरहेको छ । छानविन समितिले बयानमा बोलाउँदा सिलवाल गएका थिएनन् ।

सिलवालले तत्कालिन अर्का डीआइजी प्रकाश अर्यालको कार्यसम्पादन मूल्याङ्कनको कागजात किर्तेगरी त्यसमा आफ्नो नाम राखेर अदालतलाई पेश गरेको पाइएको भन्दै सरकारले सरकारी कागजात किर्तेको मुद्दामा कारवाही गर्ने तयारी गरेको छ ।बयानका लागि जाने कि भन्नेबारे कानुनी परामर्श गरिरहेका बेला उनी पक्राउ परेको अधिवक्ता भट्टराईले बताए ।

स्रोतका अनुसार सिलवाललाई दिन दुई नम्बर गणका एसपी सोमबार विहानै उनको घरमा पुगेका थिए । त्यहाँ उनी नभेटिएपछि फरार रहेको भन्दै काठमाडौंमा प्रहरी परिचालन गरिएको थियो ।विहान पौने १० बजे अधिवक्ता शम्भु थापाको घरमा भेटिएपछि उनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।प्रहरीले भने वरिष्ठ अधिवक्ता थापा गिरफ्तार गरेको नभई सिलवालले आफ्नो कानुन व्यवसायीका रुपमा साथमा लगेको बताएको छ । अनलाइन खबरले लेखेको छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्