अमेरिकामा एक नेपाली विद्यार्थीको मृत्यु

<span class='c1'>अमेरिकामा एक नेपाली</span> <span class='c2'>विद्यार्थीको मृत्यु</span>

अमेरिकाको मिनिसोटा राज्यमा एक नेपाली विद्यार्थीको मृत्यु भएको छ । विद्यार्थी अर्बिन थापाको पौडी खेल्ने क्रममा निधन भएको खबर आएको छ । साउथवेष्ट मिनिसोटा स्टेट युनिभर्सिटीमा अध्ययनरत उनी , पौडी खेल्ने क्रममा शनिबार नदीमा बेपत्ता भएका थिए । आइतबार बिहानमात्र उनको शव फेला परेको स्थानीय प्रहरीले उल्लेख गरेको छ । लमजुङको सुन्दर बजार– ३ भोटेओढार स्थायी घर भएका थापा, दुई बर्षअघि विद्यार्थी भिसामा अमेरिका आएका थिए । २० बर्षीय थापा, ‘हस्पिटालिटी म्यानेजमेन्ट’ विषयमा अध्ययनरत थिए ।  उनको शव पोस्टमार्टमका लागि अस्पतालमा राखिएको बुझिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्