बिराटनगरमा डोजर अगाडी किन आउछन मानिसहरु ?

<span class='c1'>बिराटनगरमा डोजर अगाडी किन</span> <span class='c2'>आउछन मानिसहरु ?</span>

बिवेक दाहाल
बिराटनगर बैशाख १३ , बिराटनगरको धेरै ठाउमा अहिले एडीबीको प्रोजेक्ट जारी राहेको छ । सडक तथा ढल निर्माणकार्य रोकिदै फेरी सुरु हुदै भए पनि जारी रहेको छ । सडक छेउमा जारीरहेको निर्माणस्थल छेउमा तपाई हामीले ठुलो भिड देख्ने गरेका छौ ।निर्माणकार्य छेउमा उभिएका २ प्रकारका व्यक्ति हुने गर्छन , डोजर चलेको हेर्ने र रमाइलो मान्ने एक किसिमका भने निर्माणकार्य भइरहेको ठाउबाट आफुलाई लाभ उठाउने अर्को जमात । उनीहरु दिनैभरी जसो निर्माणस्थलमा बसिरहेका हुन्छन , डोजरले खनेर तलबाट निस्केका फालामे रड, इटा तथा माटोको लोभमा उनीहरुको दैनिकी निर्माणस्थल अगाडी बसेर बित्ने गरेको छ ।

[caption id="attachment_32194" align="aligncenter" width="960"] तस्विर: शहैन्सा सिद्दिकिकाे फेसबुकबाट[/caption]

ति ब्यक्तिहरु निर्माणस्थलमा भेटिएका बेच्न सकिने तथा काम लाग्ने सामान लिएर जान्छन । यसको लागि निर्माणकार्य भएको ठाउमा हानाथाप नै हुने गरेको हामीले देखेका छौ । एक त त्यस्ता सामान वा माटो त्यस ठाउँबाट लैजानु नै गैरकानुनी हो अर्को भनेको उनीहरुले आफ्नो ज्यानको पनि ख्याल नगरी हानाथाप गर्दा भोलि कुनै अप्रिय घटना घटेमा दोष कसले लिने ?

डोजर संचालकहरुले सम्झाउदा पनि उनीहरु नटेर्ने र माटो निकाल्ने बित्तिकै सामान खोज्ने आउने गरेको त्यसले गर्दा समस्या परेको डोजर संचालकको गुनासो छ।

[caption id="attachment_32192" align="aligncenter" width="960"] तस्विर: शहैन्सा सिद्दिकिकाे फेसबुकबाट[/caption]

सडक खनेर निकालिएको माटो पनि रातारात गायब भएको स्थानीयहरु बताउछन्। कुनै निकायले कडाइका साथ यस्ता गतिबिधि नरोके भबिस्यमा समस्या पर्न सक्ने निश्चित नै छ । निर्माणस्थलबाट इटा तथा माटाेहरू चाेरी हुँदा निर्माण पछि पुर्नका लागि माटाे तथा सामाग्री अभाव समेत हुने देखिन्छ । अझ यस्ता काममा बालबालिका समेत अभिभावकबाट परिचालित भएकाे देख्न सकिन्छ ।

[caption id="attachment_32317" align="aligncenter" width="957"] निर्माणस्थलबाट इटा चाेरी गरि यसरी लग्न ठिक्क पारिन्छ । याे तस्विर विराटनगर १०, साविककाे १३ पिपल चाैककाे हाे ।[/caption]

[caption id="attachment_32318" align="aligncenter" width="960"] इटा चाेरीमा यसरी समुह नै लाग्ने गरेकाे छ र साेहि स्थानमा इटा सफाइ पनि गरिन्छ । याे तस्विर विराटनगर १०, साविककाे १३ पिपल चाैककाे हाे ।[/caption]

यसै बिषयमा बिराटनगर उपमहानगरपालिका का इन्जीनियर भारत न्यौपाने संग हामीले बुझ्दा उक्त प्रोजेक्ट कालिका कन्स्ट्रक्सनले हेरिरहेको हुदा कालिका संग नै बुझा बेस हुने जवाफ दिए । उनले बिराटनगर बरगाछी देखि महेन्द्र चोक सम्मको सडक मात्रै नगरपालिकाले हेर्ने गरेको र निर्माणस्थल बाट इटा , माटाे लगायतका सामान चोरी हुने गरेको कुनै जानकारी नआएको बताए । साथै उनले जनता आफै पनि यस्ता कुरामा सजक हुनुपर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्