स्रोत नखुलेको ५ लाख भारतीय रुपैयाँसहित पक्राउ

<span class='c1'>स्रोत नखुलेको ५ लाख</span> <span class='c2'>भारतीय रुपैयाँसहित पक्राउ</span>

काठमाडौं महानगरपालिका–१६ नयाँबजार खुशिबुबाट काठमाडौं नयाँबजार बस्ने सोलुखुम्बु गुदेलका २७ वर्षीय पासाङ शेर्पालाई स्रोत नखुलेको विभिन्न दरका ५ लाख भारतीय रुपैयाँ सहित आइतबार प्रहरीले पक्राउ गरेको छ ।
सोधपुछको क्रममा उक्त रकम चावहिल बस्ने नुवाकोटकी ३३ वर्षीया विन्दा ढुंगेल र मोरङका ३८ वर्षीय विनय चापागाँईले नेपाली रुपैयाँ सटाई दिनको लागि दिएको बताएपछि दुवैजनालाई प्रहरीले पक्राउ गरेको छ । साथै उनीहरुले उक्त रकम महानगरीय दंगा प्रहरी गण त्रिपुरेश्वरमा कार्यरत दैलेखका प्रहरी जवान २७ वर्षीय मोहन मल्लले आफुहरुलाई दिएको बताएपछि मल्ललाई समेत प्रहरीले पक्राउ गरेको छ ।
यस सम्बन्धमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्