विराटनगरमा उपभोक्ताले ४ देखी ७ वटासम्म सिलिण्डर घरमा स्टक गर्दा ग्यास अभाव

<span class='c1'>विराटनगरमा उपभोक्ताले ४ देखी ७ वटासम्म</span> <span class='c2'>सिलिण्डर घरमा स्टक गर्दा ग्यास अभाव</span>

प्रेम देवान
विराटनगर । बजारमा खाना पकाउने ग्यासको अभाव देखिनुको मुख्य कारण उपभोक्ताले घरमा अनावश्यक रूपमा ग्यास सिलिण्डर स्टक गरेर राख्नु भएको ग्यास डिलरहरूले बताएका छन् ।
मध्यपूर्वमा जारी इरान, इजरायल–अमेरिकाबीचको तनावका कारण इन्धन अभाव हुन सक्ने आशंकाले उपभोक्ताहरूले हतारमा ग्यास जम्मा गर्न थालेपछि बजारमा कृत्रिम अभाव देखिएको अनुमान गरिएको छ।

स्थलगत रिपोर्टिङका क्रममा विराटनगरका केही ग्यास डिलरमा पुग्दा कतिपय पसल बन्द रहेको र खुलेका पसलमा पनि खाली ग्यासका सिलिण्डर देखिएको थियो। केही दिनदेखि ग्यास नपाएको भन्दै गृहिणीहरूले गुनासो समेत गरेका छन् । नेपाल आयल निगम र ग्यास उद्योगहरूले भने इन्धनको आपूर्ति तथा डेलिभरी नियमित रूपमा भइरहेको बताउँदै आएका छन् ।
मेची ग्यास बिक्री गर्दै आएका विराटनगर–११ कान्छाराम मार्गका रविकुमार श्रेष्ठका अनुसार एउटै उपभोक्ताले ३ देखि ४ वटा सिलिण्डर घरमा राख्न थालेपछि बजारमा ग्यास अभाव देखिएको हो। उनले भने, “इरान र इजरायल–अमेरिकाबीचको तनावका कारण सर्वसाधारण त्रसित छन् ,पहिले एउटा मात्रै ग्यास लैजाने उपभोक्ता अहिले ४ वटासम्म लैजान थालेका छन्।”

विराटनगरमा प्रिमा ग्यास बिक्री गर्दै आएका गणेशकुमार साहका अनुसार बजारमा ग्यास उपलब्ध भए पनि उपभोक्ताकै कारण अभावको वातावरण बनेको छ। उनका अनुसार एउटै उपभोक्ताले ४ देखि ७ वटासम्म ग्यास लैजाने गरेका छन्। यसअघि दैनिक करिब १० हजार सिलिण्डरको माग हुने गरेकोमा पछिल्लो केही दिनयता माग बढेर करिब ३० हजारसम्म पुगेको उनले बताए। “ग्यास सहज रूपमा उपलब्ध हुन सक्थ्यो, तर उपभोक्ताले अनावश्यक रूपमा स्टक गरेपछि समस्या देखिएको हो,” उनले भने। त्यस्तै कोशी ग्यासका विक्रेता विराटनगर–११ का राजेश निरौलाका अनुसार पहिले मासिक १ हजारदेखि १२ सयसम्म सिलिण्डर बिक्री हुने गरेकोमा अहिले १७ सयभन्दा बढी बिक्री गर्दा पनि माग पूरा गर्न सकिएको छैन । उनका अनुसार आपूर्तिमा समस्या नभए पनि उपभोक्ताले आवश्यकताभन्दा बढी ग्यास भरेर राख्न थालेका कारण बजारमा समस्या देखिएको हो। मध्यपूर्वी द्वन्द्वका कारण भारत, बंगलादेश र पाकिस्तानमा ग्यास संकट देखिन थालेको समाचार सार्वजनिक भएपछि यहाँका उपभोक्तामा पनि त्रास फैलिएको अनुमान गरिएको छ ।

यसैबीच मोरङका सहायक प्रमुख जिल्ला अधिकारी सरोज कोइरालाले भारतबाट नियमित रूपमा इन्धन आयात भइरहेको भन्दै उपभोक्तालाई अनावश्यक रूपमा ग्यास स्टक नगर्न आग्रह गरेका छन् । उनले भने आईतबारदेखी बजारमा रहेका ग्यासका डिलरहरुमा अनुगमना गर्ने समेत गरिनेछ । यता नेपाल आयल निगमले भने आजबाट देशभरी आदा सिलिण्डर मात्र ग्यास बेच्ने निर्णय गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्