सोनु साह
विराटनर । मधेशको राजनीतिमा सबैभन्दा पहिले सम्झिने पात्र हुन् उपेन्द्र यादव, जसलाई मधेशी जनताले आफनो सच्चा नेत्तृृवको रुपमा हेरेका थिए । तर, अहिले यादव मधेशमा आलोचनाको केन्द्र बनेका छन्।फूलको माला लगाएर स्वागत गर्ने नेतामा पर्ने उनी अहिले मधेशबाट लखेटिएका छन् । जुन मधेश आन्दोलनको लज्जास्पद दुर्गती सम्झदा हुन्छ ।
आज यस्तो अवस्थामा पुग्नुको एउटै मुख्य कारण हो, सत्ताको स्वार्थ जसले उपेन्द्र यादव लगायत मधेशी दल पछारिएका छन् । २०६४ साल ५२ सिट प्राप्त गरेको दल आज एउटा सिट समेत जीत्न सकेन, मधेशको नाम बेचेर पटकपटक सासंद र मन्त्री भएका यादव मधेशको अधारभुत विकासलाई समेत बलियो बनाउन नसक्दा एकै पटक बढारिनु परेको छ ।उनी आफनो स्वार्थको लागि जहिले पनि दल परिवर्तन गर्दै आएका छन , त्यसैले कतिपयको बुझाइमा उनको चुनावी हार पनि आवश्यक थियो ।
उपेन्द्रको विगत राजनीतिक यात्रा
उपेन्द्र यादव जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष हुन्। उनी पहिले मधेस समर्थक दल मधेसी जनअधिकार फोरम नेपालका संस्थापक संयोजक थिए। यादवको जन्म वि सं २०१६ सालमा सप्तरी जिल्लाको भागवतपुरमा भएको हो। उनी धनीलाल यादव र फुलनीदेवी यादवका कान्छा छोरा हुन्। उनको दाजु डम्बर यादव खेती किसानीमा संलग्न थिए। उनको बाल्यकाल सप्तरी जिल्लाको मधुवनमा बित्यो। अहिले त्यो ठाउँ सुनसरी जिल्लामा पर्छ। मधुवनको मोहन नि.मा.वि.मा उनले प्रारम्भिक शिक्षा प्राप्त गरे। त्यसपछि जनता मा.वि. मधुवन र वनदहवाकट्टी हाइस्कूल सप्तरीमा माध्यमिक शिक्षा लिए। वि.सं २०३२ सालमा एसएलसी उत्तीर्ण गरेपछि यादव धरानको हात्तीसार क्याम्पस भर्ना भए। त्यहाँबाट आईएस्सी गरेपछि उनले महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस विराटनगरबाट स्नातक तह र स्नातकोत्तर गरेका हुन्।
यादवको राजनीतिक पाइला
लोकप्रिय नेता यादवको राजनीतिक पाइला चाहिँ वि.सं. २०३२ सालतिरै अघि बढेको हो। त्यतिबेला झापा आन्दोलनको उभारले ढपक्कै छोपेको थियो। त्यतिबेला उनी पुष्पलाल समूहको अनेरास्ववियुमा संलग्न भए। त्यसरी उत्प्रेरित गर्न तत्त्व चाहिँ गरीब र विपन्न वर्गलाई उठाउनु पर्छ भन्ने चेतना थियो। वि.सं. २०३५ सालमा नेपाल कम्युनिस्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठबाट कम्युनिस्ट पार्टीको चौवन्नी सदस्यता लिए। त्यसपछि पनि उनले विद्यार्थी राजनीति छाडेनन्। त्यतिबेला अखिल प्रतिबन्धित थियो। उनले भूमिगतरूपमा काम गरे। विद्यार्थी राजनीति हुँदै यादव जनमत सँग्रहमा सक्रिय भए। तर, जनमतसँग्रहसँगै अखिल विभाजित भयो। उनी प्रगतिशील विद्यार्थी युनियन को दुई कार्यकाल उपाध्यक्ष भए।
वि.सं. २०४६ सालमा उनी नेपाली कांग्रेसको आह्वानमा भएको सत्याग्रहमा सामेल भए्। उनलाई काठमाडौंमा गिरफ्तार गरियो। उनले केन्द्रीय कारागारमा एक वर्ष बिताए। त्यतिबेला उनीसँग प्रदीप गिरी, दमननाथ ढुङ्गाना, मार्सलजुलुम शाक्य, गोपालप्रसाद भट्टर्राई लगायत काङ्ग्रेसी नेताहरू थिए। पछि पुष्पलाल समूहको अध्यक्ष साहना प्रधान र मनमोहन अधिकारीको पार्टी मिलेर नेकपा मार्क्सवादी बन्यो। उनले कोशी अञ्चल कमिटीमा रहेर काम गरे। त्यसको इन्चार्ज भरतमोहन अधिकारी थिए। वि.सं. २०४६ सालको आन्दोलनमा यादव विराटनगरमा गिरफ्तार भए। उनलाई धनकुटा लगियो। प्रजातन्त्र पुनर्स्थापना भएपछि उनी छुटे। लगत्तै नेकपा एमाले र मार्क्सवादीबीच एकता भयो र एमाले बन्यो। वि.सं. २०४८ सालमा यादवलाई नेपाल कम्युनिष्ट पार्टी एकिकृत मार्क्सवादी(लेनिनवादी)ले सुनसरी ४ बाट उम्मेदवार बनायो। उनले जित्न सकेनन्। त्यसपछि उनलाई पार्टीले सुनसरी र मोरङको जिम्मेवारी सुम्पियो।
त्यपछि उनी मधेश केन्द्रित भए
वि.सं. २०५६ सालमा उनले पार्टीभित्र मधेसको कुरा उठाए। पार्टीले उल्टै साम्प्रदायिक व्यक्ति भनी आरोप लगाएपछि उनले पार्टीबाट राजीनामा दिए। अनि उनी २०५४ सालमा नै गठन भएको मधेसी जनअधिकार फोरममा क्रियाशील भए। वि.सं.२०५९ असोज १८ मा राजा ज्ञानेन्द्रले शासन सत्ता लिएपछि फोरममाथि हमला भयो। यादवलगायतका नेता कार्यकर्ताले भूमिगत र अर्धूमिगत भएर काम गरे। त्यसबीचमा उनले नेकपा माओवादीसित पनि सहकार्य गरे। तर, उनले माओवादीको सदस्यता लिएको थिएनन्।
वि.सं. २०६१ सालमा राजाको प्रत्यक्ष शासन कायमै थियो। उनीलगायत मातृका यादव र सुरेश आले दिल्लीमा पक्राउ परे। अनुसन्धानका लागि यादवलाई कन्सन्ट्रेसन क्याम्पमा डेढ महिना राखियो र छाडियो। जनआन्दोलन २०६२÷२०६३ का बेला यादव सारा शक्ति लगाएर होमिए। नेपालको इतिहासमा पहिलोपटक मधेसी ब्यानरमा आन्दोलन भएको थियो। तर, जनआन्दोलनको भावना र मर्मानुसार सात दलको सरकारले मधेसी, दलित एवं जनजातिको भावनाको कदर नगरेपछि उनले मधेस आन्दोलन उठाए। वि।सं। २०६३ माघ १ गते अन्तरिम संविधान बन्यो। त्यसको भोलिपल्ट काठमाडौंको माइतीघर मण्डलामा नेता यादवको नेतृत्वमा अन्तरिम संविधान जलाईयो। सरकारले उनलाई गिरफ्तार गर्यो। हनुमानढोकामा लगेर थुन्यो।
लोकतन्त्रमा समेत उनलाई देशद्रोहको मुद्दा चलाउन खोजियो। मधेस आन्दोलन तीव्र भएकाले र्सार्वजनिक अपराधको मुद्दा लगाउने प्रयत्न भयो। तर, मधेस आन्दोलन झन प्रचण्ड भएपछि त्यत्तिकै सेलायो। मधेस आन्दोलनकै आलोकमा उपेन्द्र यादव नेताका रूपमा स्थापित भए। मधेस आन्दोलनले नै मधेसी जनअधिकार फोरम मजबुत बन्यो। पछि निर्वाचन आयोगमा दर्ता भएपछि राजनीतिक शक्तिका रूपमा उदायो। संविधानसभा निर्वाचनसम्म फोरम दलका रूपमा दर्ता भयो। अनि निर्वाचनमा मधेसीपहाडी सबैको पार्टी बन्र सफल भयो। एक समय संविधानसभामा चौथो ठूलो पार्टीका रूपमा ५२ सिट हासिल गरेको थियो।
२०६५ सालमा वीरगन्जमा पहिलो महाधिवेशन गरेर पार्टी नेतृत्वमा चुनिएका यादवको दल त्यसयता टुट्दै, जुट्दै र फुट्दै गरिरह्यो । १६ वर्षपछि यादवले अहिले एकता महाधिवेशन गरिरहँदा जनता समाजवादी नेपालबाट अशोक राई समूह भने अलग भइसकेको छ ।
जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव सरकारको उपप्रधानमन्त्री तथा स्वास्थ्यमन्त्री हुनुहुन्थ्यो । तर सरकारमै रहँदा पनि यादवले आफैं प्रधानमन्त्री बन्ने आकांक्षामा नयाँ समीकरण बनाउन खोजेको संकेत पाएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सत्ता गठबन्धनले जसपा नेपाल नै फुटाइदियो ।
सहयात्री अशोक राईले सात सांसद लगेर वैशाख २४ गते नयाँ दलको मान्यता पाएपछि संघीय संसद्मा पाँच जनामात्रै सांसदको साथसहित यादव राजनीतिक जीवनकै कठिन मोडमा पुगेका थिए ।
०६३ सालमा मधेसी जनअधिकार फोरमको नेतृत्वबाट राजनीतिमा चम्किनुभएका यादव त्यसयता सरकारकै वरिपरि रहनुभयो । संविधानसभाको पहिलो निर्वाचनमा सुनसरी र मोरङ दुवै क्षेत्रमा विजयी यादव दोस्रो संविधानसभाको निर्वाचनमा भने मोरङबाट हार्नुपर्यो ।
मधेश आन्दोलनका बेला ६ वटा मधेशकेन्द्रित दलहरु एक बनेर राजपा गठन गर्दासमेत अटाउन नसकेका यादव ७४ सालको निर्वाचनमा राजपाकै गठबन्धनबाट सप्तरीबाट निर्वाचित हुनुभएको थियो ।
२०७७ वैशाख १० गते राजपा र संघीय समाजवादी फोरम एकीकरण अनि जसपा नेपाल गठन पनि फुट र जुटकै शृंखलाका हिस्सा रहे । जसपा नेपालसमेत लामो समय टिक्न सकेन । यादव र महन्थ ठाकुर एकले अर्कालाई कारबाही गरेसँगै २०७८ सालमा पार्टी विभाजन हुनपुग्यो ।
२०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा सप्तरी २ बाट जनमत पार्टीका अध्यक्ष सीके राउतसँग पराजित भएपछि यादवलाई राजनीतिक झड्का नै लाग्यो । संसद् छिर्ने उपाय खोज्दै यादवले बारा २ बाट चुनाव जित्नुभएका रामसहायप्रसाद यादवलाई उपराष्ट्रपति बनाएर उपनिर्वाचनमा जानुपर्यो । संसद्मा प्रवेशसँगै उपप्रधानमन्त्री तथा स्वास्थ्यमन्त्री बन्न सफल हुनुभए पनि यादवले न पार्टी जोगाउन सक्नुभयो नत मन्त्री पद नै । १६ वर्षपछि जनकपुरमा गरेको दोस्रो महाधिवेशन बाट पनि आफु नै नेतृत्वमै रहे ।
मधेशलाई केन्द्रमा राखेर यादवले आदिवासी, जनजाति र खसआर्यलाई आकर्षित गर्न गरेका प्रयास लामो समय टिक्न सकेनन् । बरु मधेशको राजनीतिमा एकछत्र गुम्दै गएको छ भने विश्वासपात्रले साथ छाडेका छन् । यादव अहिले नेपाली लोकतान्त्रि पार्टीका अध्यक्ष महन्त ठाकुर संग मिलेर यस पालिको चुनावमा सप्तरी ३ बाट उमेदवारी दिएका थिए । तर लजासप्द हार ब्योहर्नु परेका छन । सत्ता र शक्तिको केन्द्रमा सधैं रहन खोज्ने यादवलाई यस पालि मधेशले पत्याएन सधै आफुले मधेशी जनताको मतमा मौज गर्न यादवले यस पालि प्रत्यक्षमा एक सिट समेत जित्न सकेन समानुपातिक तर्फ भन्ने १,७७,७९७ मत मात्र लयाउन सके राष्टिय पार्टी समेत बन्न सकेनन ।
उनले दशकौ देखि मधेशी र मधेशको हकको लागि आफु निरन्तर लडदै आएको दाबी गर्दै छन तर पटक पटक पार्टीको उमेदवार मंन्त्री भए पनि कुनै किसिमको मधेश र मधेशीको हितमा काम नगर्दा मधेशी समुदाय नै आज उसलाई लखेटन सकने अवस्थमा छन मधेश बाट नै मधेशी दलको पतासाफ भई सकेको यस चुनावको परिणाम हो । मधेशलाई राजनिती भुमिको रुप लिईन्छ । तर आज सबै भन्दा शिक्षा, स्वास्थ्य जस्ता क्षेत्रमा मधेश नै निकै पछाडि छन । मधेशले आफनो होस या पराई देशको विकाश गर्नलाई र देशको शिर उच्च राख्नेलाई जहिले पनि अपनाएको विगतका कागे्रस र अहिलेको रास्वापाको नतिजाले प्रष्ट भएको छ । मधेश नयाँ पुराना सबै दललाई मौका दिएका छन अव मधेश विकाश खोज्दै छन । यस पालि मधेशले ३२ सिट मध्ये ३० ओटा सिटमा रास्वापाका उमेदवार जिताएर बालेन माथि विश्वास बनाएका छन । मधेशले अपनाएको बालेन्द्र साह ९बालेन० मधेश विकाश कुन शैलीमा ग्रला भन्ने प्रखाईमा छन मधेशी समुदाय ।