इनिशा हत्या प्रकरण : चारैजना अभियुक्तविरुद्ध अभियोग दायर

<span class='c1'>इनिशा हत्या प्रकरण :</span> <span class='c2'>चारैजना अभियुक्तविरुद्ध अभियोग दायर</span>

सुर्खेत । सुर्खेतकी इनिशा बिक हत्या अभियोगमा जिल्ला सरकारी वकिलको कार्यालय सुर्खेतले अदालतमा अभियोगपत्र दायर गरेको छ । सरकारी वकिलको कार्यालयले आइतबार अभियुक्त चारै जनालाई सामूहिक बलात्कार अभियोगमा १० देखि १२ बर्ष कैदसहित ५ लाख रुपैयाँ जरिवाना र कर्तव्य ज्यान मुद्धामा आजीवन जन्मकैद माग दाबी गर्दै ४१ पृष्ठ लामो अभियोगपत्र सुर्खेत जिल्ला अदालतमा पेश गरेको छ ।

अभियुक्त चारै जना नाबालक भएकोले कुल सजायको दुई तिहाई कैद दाबीसहित अभियोगपत्र दायर गरिएको जिल्ला न्यायाधिवक्ता कर्णबहादुर महतले बताए । प्रहरीले बुधबार अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालयमा बुझाएको थियो ।

न्यायाधिवक्ता महतले मुख्यअभियुक्तले बलात्कार गरेको अन्य तिनजनाले मृतकलाई अस्पताल पु¥याउने प्रयाप्त समय भएपनि अस्पताल लैजाने प्रयास समेत नगर्नुले उनीहरूको मनोसाय पनि त्यही देखिएकाले चारजना विरुद्ध अभियोग पत्र पेश गरिएको बताए ।

चैत्र ११ गते प्रहरीले अध्ययन प्रतिवेदन बुझाए पनि बीचमा सार्वजनिक बिदा परेकोले आइतबारमात्र अदालतमा अभियोग दायर गरिएको जिल्ला न्यायधिवक्ता महतले बताए । प्रहरीले अनुसन्धानको क्रममा सामुहिक बलात्कार नभएको निश्कर्ष निकाले पनि सरकारी वकिलको कार्यालयले चारैजनालाई समान अभियोगपत्र लिएर अदालत पुगेको उनले बताए । ‘किटानी परेका चारै जना १६ देखि १८ बर्षका हुनुहुन्छ’ उनले भने, ‘प्रहरी प्रतिवेदनमा देखिएको तथ्यका आधारमा पनि घटनास्थलमा भएकाहरुले बचाउन प्रयास गरेको देखिएन ।’

प्रहरीले अनुसन्धानकाक्रममा इनिशा घटनामा सामुहिक बलात्कारको तथ्य फेला नपरेको भन्दै मुख्य अभियुक्तलाई जवरजस्तीकरणीसहित कर्तव्य ज्यान र अन्य तीन जनालाई कर्तव्य ज्यानमा मुद्धा चलाउन माग गर्दै सरकारी वकिल कार्यालयमा प्रतिवेदन बुझाएको थियो । सरकारी वकिलको कार्यालयले अभियुक्तलाई मुलुकी अपराध संहिता २०७४ को दफा २१९ को १, २ र ७ अनुसार कैद सजाय र जरिवाना मागदाबी गरि अभियोग दायर गरेको हो ।

उक्त अभियोग अनुसार २१९ को उपदफा ३ को खण्ड (घ) बमोजिम जवरजस्तीकरणीमा १० देखि १२ बर्ष कैद सजाय र कसुर प्रमाणित भयो भने पीडितलाई क्षतिपुर्ती दिने गरी पाँच लाख रुपैया जरिवाना र कर्तव्य ज्यान अन्तर्गत आजीवन काराबासको मागदाबी गरिएको छ । अभियुक्तहरुको आइतबारदेखि नै बयान लिन सुरु गरिएपनि सोमबारमात्रै थुनछेक बहस हुने सुर्खेत जिल्ला अदालतका सूचना अधिकारी उज्जवलदेव रावलले जानकारी दिए ।

सरकारी वकिल कार्यालयले प्रहरी प्रतिवेदन अनुसार अदालतमा अभियोग दायर गर्दै गर्दा इनिशाका आफन्त र अधिकारकर्मीहरुले दिनभर अदालत अगाडि धर्ना र नाराजुलुस गरेका थिए । अनुसन्धानप्रति अविश्वास जनाउँदै आएका पीडित परिवार र अधिकारकर्मीहरुले घटनाको निष्पक्ष र सत्यतथ्य सार्वजनिक गरी दोषीलाई कडा कारबाही गर्न माग गरेका छन् ।

फागुन २३ गते मृत्यु भएकी इनिशाको शव २४ दिनदेखि कर्णाली प्रादेशिक अस्पतालको शवगृहमै छ । इनिशाका आफन्तहरुले पोस्टमार्टम रिपोर्टप्रति समेत असन्तुष्टि जनाउँदै परिवारले पुनः अनुसन्धानको माग गरिरहेका छन् । सुर्खेतको उषा बालवाटिका विद्यालयमा कक्षा ११ मा अध्ययनरत इनिशाको घरपरिवार र आफन्तले सामूहिक बलात्कार पछि हत्या गरिएकोले इनिशाको हत्यामा संलग्लाई कार्वाही हुने विश्वस्त वातावरण नभएको भन्दै दबाब बढाइरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्