विराटनगरको मेरिल्याण्ड कलेजको ‘नेपाल टपर’लाई ५१–५१ हजार पुरस्कार

<span class='c1'>विराटनगरको मेरिल्याण्ड कलेजको ‘नेपाल</span> <span class='c2'>टपर’लाई ५१–५१ हजार पुरस्कार</span>

विराटनगरको । विराटनगरको रंगेली रोडमा रहेको मेरिल्याण्ड कलेजले २१औँ वार्षिकोत्सवका अवसरमा शैक्षिक उत्कृष्टता र अनुशासनलाई प्रोत्साहन गर्दै विद्यार्थी र शिक्षकलाई नगदसहित सम्मान गरेको छ । सोमबार कलेज परिसरमा आयोजित समारोहमा बोर्ड, आन्तरिक परीक्षा तथा अतिरिक्त क्रियाकलापमा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीलाई पुरस्कृत गरिएको हो ।

कक्षा १२ को शैक्षिक सत्र २०८२ मा ३.९६ जीपीए ल्याएर राष्ट्रियस्तर मै पहिलो स्थान हासिल गरेका रीतिमा कठेत र राजीवकुमार यादवलाई जनही ५१ हजार रुपैयाँ नगदसहित सम्मान गरिएको हो । कलेजका प्रिन्सिपल लक्ष्मण ढकालका अनुसार विभिन्न विधामा उत्कृष्ट ठहरिएका करिब २५० विद्यार्थीलाई कुल ५ लाख रुपैयाँभन्दा बढीको पुरस्कार वितरण गरिएको छ । नियमित उपस्थितिलाई प्रोत्साहन गर्न ‘रेगुलारिटी अवार्ड’ तथा अनुशासनमा उत्कृष्ट विद्यार्थीलाई ‘डिसिप्लिन अवार्ड’ प्रदान गरिएको छ । साथै कक्षा ११ का विज्ञान र व्यवस्थापन संकायमा प्रवेश परीक्षाबाट उत्कृष्ट नतिजा ल्याउने नव–आगन्तुक विद्यार्थीलाई समेत सम्मान गरिएको छ । शिक्षण सेवामा निरन्तरता र प्रतिबद्धताको कदर गर्दै एक दिन पनि बिदा नलिई अध्यापन गर्ने ८ जना शिक्षकलाई एक महिनाको अतिरिक्त तलब बराबरको रकम प्रदान गरिएको छ । यसरी पुरस्कृत हुनेमा टंक कोइराला, यादव प्रधान, गणेश दाहाल, प्रमोद मण्डल, ईश्वरी गौतम, चिरञ्जीवी कोइराला, दिलीप शर्मा र आलमगीर रैन छन् । यस्तै, १५ वर्षदेखि निरन्तर सेवा पुर्‍याएका ५ जना शिक्षकलाई दीर्घ सेवा पदक प्रदान गरिएको छ । सम्मानित हुनेमा पंकजकुमार जैन, टंकनाथ कोइराला, सीता भट्टराई, विनोदकुमार मण्डल र दिलीप कुमार सरदार छन् ।

कलेजका अध्यक्ष गुणराज ढुङ्गेल, प्रिन्सिपल ढकाल तथा निर्देशकहरू प्राडा पीके झा, डा. मनोज गुप्ता, भेषराज पोखरेल, नन्दकिशोर अग्रवाल, प्रदीप भगत, डा.शिवनारायण यादव र जयराज राजवंशीले संयुक्त रूपमा पुरस्कार तथा प्रशंसापत्र वितरण गरेका थिए । कार्यक्रममा बोल्दै निर्देशक भेषराज पोखरेलले मेरिल्याण्ड कलेज दक्ष जनशक्ति उत्पादन गर्ने केन्द्रका रूपमा स्थापित भइसकेको र यहाँका विद्यार्थी विभिन्न क्षेत्रमा नेतृत्वदायी भूमिकामा रहेको बताए । हाल कलेजमा १ हजार ८३७ विद्यार्थी अध्ययनरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्