अब निजी क्षेत्रले घुस खुवाउनु पर्दैन, ढुक्क भएर लगानी बढाउनुस: अर्थमन्त्री वाग्ले

<span class='c1'>अब निजी क्षेत्रले घुस खुवाउनु पर्दैन,</span> <span class='c2'>ढुक्क भएर लगानी बढाउनुस: अर्थमन्त्री वाग्ले</span>

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले निजी क्षेत्रले अब कामका लागि घुस खुवाउनुपर्ने, प्रशासनिक झमेलामा लाइन लाग्नुपर्ने र फौजदारी कसुर झैँ थुनिनुपर्ने अवस्थाको अन्त्य हुने घोषणा गरेका छन् । सोमबार नेपाल उद्योग वाणिज्य महासंघका प्रतिनिधिहरूसँगको भेटघाटमा अर्थमन्त्री वाग्लेले सरकार निजी क्षेत्रको बाधक नभई सहयात्री बन्ने प्रतिबद्धता जनाएका हुन् ।

आफ्नो कार्यकालमा सुशासनलाई मुख्य प्राथमिकता दिने बताउँदै डा.वाग्लेले भने, ‘म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ । म अर्थतन्त्रको जहाजलाई सही दिशामा मोडेर देशलाई नयाँ गति दिन आएको हुँ ।’ उनले निजी क्षेत्रलाई अब कुनैपनि बहानामा दुःख नदिइने स्पष्ट पारे । व्यवसायीहरूले लामो समयदेखि उठाउँदै आएको व्यावसायिक कसुरमा थुन्न नहुने मागलाई सम्बोधन गर्दै अर्थमन्त्रीले अब आर्थिक बेइमानीका सवालमा सरकार आर्थिक जरिवानाको नीतिमा जाने बताए । अब उद्योगी व्यापारीहरू सानातिना प्राविधिक वा आर्थिक विषयमा थुनिनु पर्दैन, हामी दण्डको स्वरूप बदल्छौँ,‘उनले भने । अर्थमन्त्रीले उद्योगीहरूलाई लगानी र रोजगारी बढाएर देश निर्माणमा केन्द्रित हुन आग्रह गरे । सरकारले निजी क्षेत्रलाई साथी र सहयात्री मानिरहँदा निजी क्षेत्रबाट पनि उत्तिकै इमानदारिताको अपेक्षा गरिएको उनले बताए ।

‘राज्य साथी बन्दा निजी क्षेत्रले पनि बेइमानी गर्दैन भन्ने हाम्रो विश्वास छ,’ मन्त्री वाग्लेले चेतावनी दिँदै भने, ‘तर कसैले नियतवश वा नियोजित रूपमा बेइमानी गर्छ भने त्यस्ताका विरुद्ध सरकार निर्मम रूपमा प्रस्तुत हुनेछ ।’ भेटघाटका क्रममा उद्योगीहरूले विद्यमान आर्थिक मन्दी र नीतिगत अस्पष्टता हटाउन माग गरेका थिए भने मन्त्री वाग्लेले अर्थतन्त्रमा सुधारको नयाँ युग सुरु हुने आश्वासन दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्