महाअभियोग प्रस्ताव फिर्ता नलिइए एमालेले संसद् चल्न नदिने

<span class='c1'>महाअभियोग प्रस्ताव फिर्ता नलिइए</span> <span class='c2'>एमालेले संसद् चल्न नदिने</span>

काठमाडौँ । नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्धको महाअभियोग प्रस्ताव फिर्ता नलिइए आफ्नो पार्टीले व्यवस्थापिका–संसद् चल्न नदिने बताएका छन् । संसद्को बैठक आज दिउँसो बस्दैछ ।

एमाले केन्द्रीय प्रचार विभागले आज पार्टीको केन्द्रीय कार्यालयमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा महासचिव पोखरेलले सरकारले चाहेको जस्तो फैसला नभएको भन्ने आधारमा स्वतन्त्र न्यायालयमाथि एकाएक त्यस्तो प्रस्ताव ल्याइनु गलत भएको बताए । नेपाली काँग्रेस र नेकपा ९माओवादी केन्द्र०का दुईसय ४९ सांसद्ले यही वैशाख १७ गते सो प्रस्ताव संसद्मा दर्ता गराएका थिए ।

उनले निर्वाचन सम्बन्धमा स्थानीय आवश्यकता र जितको सुनिश्चितता एवम् मुद्दाका आधारमा स्थानीय निर्वाचनमा तालमेल गरिएको पनि बताए । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्