मन्त्रालयका देहायको कार्य गर्न फास्ट ट्र्याक डेस्क स्थापना गर्ने मन्त्री गौतमको निर्णय

<span class='c1'>मन्त्रालयका देहायको कार्य गर्न फास्ट ट्र्याक</span> <span class='c2'>डेस्क स्थापना गर्ने मन्त्री गौतमको निर्णय</span>

काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले मन्त्रालयका देहायको कार्य गर्न फास्ट ट्र्याक डेस्क स्थापना गर्ने निर्णय गरेकी छन् ।

मन्त्री गौतमले मन्त्रालयका कामकारबाहीलाई छिटो, प्रभावकारी र पारदर्शी बनाउन फास्ट ट्र्याक डेस्क स्थापना गर्ने निर्णय गरेकी हुन् ।उनले उक्त डेस्कमार्फत मन्त्रालयभित्र भइरहेका कामहरूको अवस्था नियमित रूपमा अनुगमन गरिने बताइन् । कुन महाशाखामा कुन काम कुन चरणमा छ भन्ने स्पष्ट जानकारी राखिनेछ भने अन्य मन्त्रालयबाट आएका पत्रहरूको फछ्यौट प्रक्रिया तत्काल सुरु भएको छ वा छैन भन्ने पनि सुनिश्चित गरिने उनले बताइन् ।

त्यस्तै, अपूर्ण कागजात वा मन्त्रालयको कार्यक्षेत्रभन्दा बाहिरका विषयहरू प्राथमिकताका आधारमा सम्बन्धित निकायमा फिर्ता गर्ने वा आवश्यक कागजात माग गर्ने प्रक्रिया पनि छिटो बनाइनेछ मन्त्री गौतमले बताइन् ।

मन्त्रालयका विभिन्न शाखा तथा महाशाखाबाट हुने काम तोकिएको समयसीमाभित्र सम्पन्न नभए त्यसका कारणहरूबारे नियमित रूपमा जानकारी संकलन र समीक्षा गरिने उनले बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्