विराटनगरमा “फेस अफ एसइइ विराटनगर २०२६” प्रतियोगिता सार्वजनिक, दर्ता खुला

<span class='c1'>विराटनगरमा “फेस अफ एसइइ विराटनगर</span> <span class='c2'>२०२६” प्रतियोगिता सार्वजनिक, दर्ता खुला</span>

विराटनगर। एसइइ उत्तीर्ण विद्यार्थीहरूका लागि सुनौलो अवसरका रूपमा “फेस अफ एसइइ विराटनगर २०२६” प्रतियोगिताको आधिकारिक घोषणा गरिएको छ। क्षेत्रकै ठूलो मञ्चका रूपमा प्रस्तुत गरिएको यस प्रतियोगिताले युवाहरूको सौन्दर्य, प्रतिभा र आत्मविश्वास विकास गर्ने लक्ष्य राखेको आयोजकले जनाएको छ।

प्रतियोगिता रौनक फेसन एजेन्सीद्वारा आयोजना गरिएको हो। एजेन्सीका प्रमुख कार्यकारी अधिकृत रौनक अग्रवाल मोडलिङ क्षेत्रमा लामो अनुभव भएका व्यक्तित्व हुन्। उनी मिस्टर नेपाल, डिजाइनर रनवे, डिजाइनर अफ द इयर तथा फेस अफ नेपालका क्षेत्रीय निर्देशक रहिसकेका छन्। साथै, उनले मिस्टर एन्ड मिस टिन पूर्वाञ्चल र मिस्टर एन्ड मिस पूर्वाञ्चल नेपालजस्ता प्रतिष्ठित प्रतियोगिताहरूको सफल आयोजना गरिसकेका छन्। प्रतियोगितामा सहभागीहरूले विज्ञान, व्यवस्थापन लगायतका विषयमा पूर्ण छात्रवृत्ति, ब्रान्ड सहकार्यसहित आकर्षक उपहार, पेशागत मोडलिङ अवसर तथा सम्झौता, साथै राष्ट्रिय स्तरमा प्रतिनिधित्व गर्ने अवसर प्राप्त गर्नेछन्। यस वर्षको कार्यक्रममा प्रकाश चौहान र मनिला ढकालजस्ता चर्चित व्यक्तित्वहरूको सहभागिताले कार्यक्रमलाई थप आकर्षक बनाउने अपेक्षा गरिएको छ।

विगत १२ वर्षदेखि युवाहरूको प्रतिभा पहिचान र विकास गर्दै आएको यस मञ्चले यसपटक पनि नयाँ प्रतिभालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरसम्म पुर्‍याउने लक्ष्य राखेको छ।
दर्ता खुला भइसकेकोले इच्छुक एसइइ उत्तीर्ण विद्यार्थीहरूलाई छिट्टै आवेदन दिन आयोजकले अनुरोध गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्