विराटनगर । बिराट क्याम्पस (सोम्स) ले स्नातक तह (BBS) अध्ययनरत विद्यार्थीहरूका लागि “मानव संशाधन विकास” विषयमा केन्द्रित एक दिने विशेष सेमिनार सम्पन्न गरेको छ।
त्रिभुवन विश्वविद्यालय अन्तर्गत सञ्चालित उक्त कार्यक्रम क्याम्पसको सभाहलमा आयोजना गरिएको थियो। कार्यक्रममा अतिथि आशिष पाण्डेले मुख्य वक्ताको रूपमा सहभागी भई विद्यार्थीहरूलाई वर्तमान रोजगार बजारको माग अनुसार आवश्यक सिपहरू र अन्तर्वार्ता तयारीका उपायबारे अनुभव तथा ज्ञान साझा गर्नुभयो।
उहाँले प्रतिस्पर्धी समयमा केवल किताबी ज्ञान मात्र पर्याप्त नहुने उल्लेख गर्दै नयाँ प्रविधि र ‘सफ्ट स्किल्स’मा पनि समान रूपमा ध्यान दिनुपर्ने बताउनुभयो। साथै, विद्यार्थीहरूलाई आफ्नो रुचिअनुसार करियर छनोट गर्न र भविष्यका चुनौतीहरूको सामना गर्न तयार रहन सुझाव दिनुभयो।
कार्यक्रमको मुख्य उद्देश्य विद्यार्थीहरूलाई सैद्धान्तिक ज्ञानसँगै व्यावहारिक अनुभवसँग जोड्नु रहेको आयोजकले जनाएको छ। सत्रको अन्त्यमा विद्यार्थीहरूले विभिन्न जिज्ञासा राखेका थिए, जसको मुख्य वक्ताले स्पष्ट र उत्साहजनक जवाफ दिनुभएको थियो।
क्याम्पसका प्राचार्य रोशन घिमिरे ले यस्ता कार्यक्रमले विद्यार्थीहरूको बौद्धिक तथा व्यावसायिक विकासमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गर्नुभयो।
विराटनगरमा पुरानो र उत्कृष्ट शैक्षिक वातावरणका लागि चिनिने बिराट क्याम्पस (सोम्स) ले यस्ता कार्यक्रममार्फत विद्यार्थीहरूको क्षमता अभिवृद्धिमा निरन्तर पहल गर्दै आएको छ।