सुशीला कार्कीविरुद्धको महाअभियोग प्रस्तावले संसदमा प्रवेश

<span class='c1'>सुशीला कार्कीविरुद्धको महाअभियोग</span> <span class='c2'>प्रस्तावले संसदमा प्रवेश</span>

काठमाडौं । नेकपा माओवादी केन्द्र र नेपाली काँग्रेसका सांसदहरुको संयुक्त प्रस्तावमा प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्धको महाअभियोग प्रस्तावले संसदमा प्रवेश पाएको छ ।

सहमतिमा महाभियोग प्रस्ताव टेबुल गर्ने विषयमा दलहरुबीच सहमति जुट्न नसक्दा सभामुख घर्तीले प्रतिपक्ष दलको नाराबाजीका बीच संसदमा छलफल गर्ने समय निर्धारण गरेका हुन् ।

महाभियोगको प्रस्तावलाई कार्यसूचीबाट संसदमा पेश गरेपछि प्रतिपक्ष दलले विरोध जनाएका थिए । प्रतिपक्ष दलहरुको नाराबाजीका बीच सभामुख ओनसरी घर्ती मगरले संसदमा टेबुल गरेपछि बैठक अपरान्ह १ बजे सम्मका लागि स्थगित गरिएको छ ।

सदन सुरु हुनुअघि प्रधानमन्त्री पुष्पकमल दाहाल, प्रमुख विपक्षी एमाले लगायत दलका नेताहरुबीच छलफल भएको थियो । बैठकमा एमालेका नेताहरुले महाभियोग प्रस्ताव फिर्ता नलिएको सदनको काम कारबाही चल्न नदिने अडान लिएका थिए ।

एमालेको नाराबाजीका कारण आजको लागि तय भएको संसदनको अन्य कार्यसूची भने हटाइएको सभामुख घर्तीले बताएकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्