चुनावमा चर्चामा आउन नयाँ शक्तिका उम्मेदवारको अपहरणको नाटक

<span class='c1'>चुनावमा चर्चामा आउन नयाँ</span> <span class='c2'>शक्तिका उम्मेदवारको अपहरणको नाटक</span>

काठमाडौं । काठमाडौंको नयाँबजारबाट अपहरणमा परेको भनिएका नयाँ शक्तिका उम्मेदवार ललितपुरको गोदाबरीमा भेटिएका छन् ।

नयाँ शक्ति पार्टी, नेपालको तर्फबाट नागार्जुन नगरपालिका वडा नं. ७ का वडाध्यक्षका उम्मेद्वार मदन गिरीलाई अपहरणमा परेको बताइएको थियो ।
प्रहरीले अपहरण काण्डबारे अनुसन्धान गर्दा चुनावमा चर्चामा आउन अपहरणको नाटक गरेको बताएको छ ।गिरीले चार जनाको समूहले आफूलाई अपहरण गरेको भन्दै एसएमएस गरेका थिए । लगतै प्रहरीले उनको खोजी थालेको थियो । तर, उनी अपहरणमा परेको नभई सम्पर्क बाहिर बसेको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्