एमसीसी खारेज गर्नैपर्छ, नेपाली रगतलाई शंका नगर्नु :अध्यक्ष राई

<span class='c1'>एमसीसी खारेज गर्नैपर्छ, नेपाली रगतलाई</span> <span class='c2'>शंका नगर्नु :अध्यक्ष राई</span>

काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ राईले उपसभामुखको पद दलगत नभई राज्यको भएको भन्दै राष्ट्रहित र स्वाधीनताका मुद्दामा आफूहरू अडिग रहेको बताएका छन् ।

शनिबार सामाजिक सञ्जालमा लेख्दै उनले आफूहरू जिम्मेवार देशभक्त प्रतिपक्ष भएको उल्लेख गरेका छन्। उनले उपसभामुख राज्यको पद भएकाले कुनै पार्टीको स्वार्थसँग जोडिन नहुने बताएका छन्। साम्पाङले राष्ट्रभक्ति र स्वाधीनताका मुद्दा अटल रहेको भन्दै एमसीसी खारेजको विषयमा आवाज उठाउने धारणा राखे ।

उनले लेखेका छन्, ‘हामी जिम्मेवार देशभक्त प्रतिपक्ष हौं। उपसभामुख राज्यको पद हो, पार्टीको होइन। हाम्रो कुनै स्वार्थ छैन। हाम्रा स्वाधीनता र राष्ट्रभक्तिका मुद्दा अटल छन्। अझै भन्छु एमसीसी खारेज गर्नैपर्छ। शंका नगर्नु नेपाली रगतलाई।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्