२०८३ साल सुरु, नयाँ वर्ष हर्षोल्लास शुभकामना आदानप्रदान गरी मनाइँदै

<span class='c1'>२०८३ साल सुरु, नयाँ वर्ष</span> <span class='c2'>हर्षोल्लास शुभकामना आदानप्रदान गरी मनाइँदै</span>

काठमाडौं । आजदेखि विक्रम सम्वत् २०८३ साल सुरु भएको छ । नयाँ वर्ष प्रारम्भ भएको पहिलो दिन आज नेपालमा र विदेशमा रहेका नेपालीहरुले हर्षोल्लासका साथ एक आपसमा शुभकामना आदानप्रदान गरी मनाउँदै छन् ।
विक्रम संवत् अनुसार हरेक नयाँ वर्ष वैशाख महिनाको १ गते अर्थात् आजकै दिनबाट सुरु हुन्छ । विक्रम संवत् सूर्यसँग सम्बन्धित भएकाले महिनाहरू पनि ग्रह नक्षत्रका नामसँग सम्बन्धित छन् ।

नेपालको संवत् प्रणाली सूर्य पात्रोसँग सम्बन्धित छ ।जब पृथ्वीले सूर्यको एक परिक्रमा पूरा गर्छ, त्यति बेला चैत्र शुक्ल प्रतिपदा हुन्छ र सूर्य मीन राशिबाट पुनस्चः मेष राशिमा प्रवेश गर्ने गर्छ । यही बेला नयाँ वर्षको सुरुवात हुन्छ, जसलाई सूर्यको शून्य अंश पनि भनिन्छ ।

नयाँ वर्ष आरम्भका अवसरमा आज नेपालभरका सरकारी कार्यालय, सार्वजनिक संस्थान एवम् शिक्षण संस्थामा सार्वजनिक बिदा दिइएको छ ।

नयाँ वर्षमा सफलता मिल्ने शुभकामना एक अर्कामा व्यक्त गर्दै, मिस्ठान्न भोजन बाँड्दै, साँस्कृतिक उत्सव आयोजना गर्दै आज नयाँ वर्ष विशेष पर्वको रुपमा मनाउने गरिन्छ ।सफलता प्राप्त गर्न आजका दिन नयाँ योजना निर्माण एवम् सत्संकल्प गर्ने परम्परा समेत रहेको छ । त्यसैगरी आजको दिन नयाँ कामको थालनी गर्ने परम्परा पनि रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्