३ सय १६ जना उम्मेदवार भाग्यमानी, अागामी निर्वाचनमा चुनाव नलढि जित

<span class='c1'>३ सय १६ जना उम्मेदवार भाग्यमानी,</span> <span class='c2'>अागामी निर्वाचनमा चुनाव नलढि जित</span>

स्थानीय तहकाे निर्वाचनका लागि उम्मेदवारकाे टिकट पाउन हानाथाप गर्नेहरूकाे संख्या निक्कै धेरै छन् । टिकट पाएर मात्र पनि नहुने , जित अाफ्नाे भागमा पार्न अनेक याेजना र तरिका अपनाउनेहरू पनि थुप्रै छन् तर ति मध्ये ३ सय १६ जना यस्ता भाग्यमानी उम्मेदवार छन् जसले चुनावै नलडी निर्वाचित भएका छन् । अागामी वैशाख ३१ गते हुन लागेकाे पहिलाे चरणकाे निर्वाचनमा ३४ जिल्लाका २ सय ८३ गाँउ/नगरपालिकाका विभिन्न पदका लागि उनीहरू निर्विराेध निर्वाचित भएका हुन् । पहिलाे चरणकाे निर्वाचन प्रदेश नम्बर ३, ४ र ६ मा हुदैछ ।यसरी निर्विराेध निर्वाचित हुनेमा केहि मनाेनयन दर्ता कै समयमा र अन्य भने विपक्षिकाे उम्मेदवारी फिर्ता पछि निर्विराेध भएका हुन् । निर्वाचन आयोगका सचिव गोपीनाथ मैनालीले डोल्पाको शे–फोक्सुन्डो र मनाङको नार्फु गाउँपालिकाका सबै पदमा निर्विरोध चुनिएकाे बताए । शे–फोक्सुन्डो गाउँपालिका अध्यक्षमा एमालेका टसी तुन्डुप गुरुङ र उपाध्यक्षमा स्वतन्त्र उम्मेदवार धावा गुरुङ निर्विरोध निर्वाचित भएका हुन् । जिल्ला निर्वाचन कार्यालय डोल्पाका प्रमुख रामबहादुर बुढाले उक्त गाउँपालिकाका अध्यक्ष/उपाध्यक्ष ९ वटा वडाका वडाध्यक्ष र सदस्यहरूसहित ४७ वटै पद निर्विरोध भएको कान्तिपुर दैनिकले समाचार लेखेकाे छ ।
यसै गरि डोल्पाकै डोल्पो बुद्ध गाउँपालिका, मनाङको नार्फु गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष सहित  ५ वटा वडाका वडाध्यक्ष र सदस्यहरूसहित २२ पद निर्विरोध निर्वाचित भएको बताए । पाँचवटै वडामा दलित महिला सदस्यमा उम्मेदवारी पनि परेकाे छैन ।
निर्विरोध निर्वाचित भएका ३ सय १६ मा वडाध्यक्ष ५६, महिला वडा सदस्य ६३, दलित महिला सदस्य ७७ र खुलातर्फका वडा सदस्यको संख्या ११६ रहेको सचिव मैनालीले बताए । उनका अनुसार १६९ पुरुष र १४७ महिला उम्मेदवार निर्विरोध निर्वाचित भएका छन् ।
विभिन्न पदमा निर्विरोध भएकामध्ये नेकपा एमालेका १४२, कांग्रेसका ९४, माओवादी केन्द्रका ३६ र स्वतन्त्रबाट उम्मेदवारी दिएका ३२ जना छन् । सचिव मैनालीका अनुसार राप्रपाका ५, नेमकिपाको २, नयाँ शक्तिको १, परिवार दलको १ जना उम्मेदवार निर्विरोध निर्वाचित भएका छन् । आयोगमा प्राप्त विवरणमा अन्य ३ जना निर्विरोध निर्वाचित उम्मेदवारको दल खुल्न सकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्