विराटनगर महानगरद्वारा दरैया कृषि सहकारीलाई प्राविधिक सामग्री सहयोग

<span class='c1'>विराटनगर महानगरद्वारा दरैया कृषि</span> <span class='c2'>सहकारीलाई प्राविधिक सामग्री सहयोग</span>

विराटनगर। विराटनगर महानगरपालिका वडा नं. १६ स्थित दरैया कृषि सहकारी संस्था लिमिटेडलाई महानगरले प्राविधिक सामग्री सहयोग गरेको छ। सहकारीको दैनिक प्रशासनिक कार्य तथा मलखाद बिक्री–वितरणलाई थप व्यवस्थित र प्रभावकारी बनाउन महानगरले एक थान ल्यापटप, एक थान डेस्कटप कम्प्युटर र एक थान प्रिन्टर हस्तान्तरण गरेको हो।

सामग्री हस्तान्तरण कार्यक्रममा प्रमुख अतिथिको रूपमा बोल्दै विराटनगर महानगरपालिकाका उपप्रमुख शिल्पा निराला कार्कीले किसानका समस्या समाधानमा महानगर सदैव प्रतिबद्ध रहेको बताइन्। उनले भनिन्, “यी सामग्रीहरूले तपाईँहरूको कार्यसम्पादनमा थप सहजता ल्याउनेछ भन्ने हाम्रो विश्वास छ।” उपप्रमुख कार्कीले समस्या समयमै समाधान नहुनुको मुख्य कारण सूचना प्रवाह र सहकार्यको अभाव रहेको औँल्याउँदै भनिन्, “धेरैजसो समस्याहरू हामीसम्म समयमै नपुग्दा सम्बोधन हुन सकेका छैनन्। त्यसैले आफ्ना समस्याहरू लिएर ढुक्कसँग महानगरमा आउनुहोस्, म सधैं तपाईँहरूको साथमा रहनेछु।



सहकारीका अध्यक्ष कुलप्रसाद खतिवडाको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा सहकारीका पदाधिकारी, सदस्यहरू तथा स्थानीय किसानहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। प्राविधिक सहयोग प्राप्त भएपछि सहकारीले आफ्ना सदस्यहरूलाई प्रदान गर्ने सेवा अझ छिटो, प्रभावकारी र पारदर्शी हुने विश्वास व्यक्त गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्