बैंकबाट लोन लिएर जनताको सेवा गर्दा ‘माफिया’ भनियो : दुर्गा प्रसाईं

<span class='c1'>बैंकबाट लोन लिएर जनताको सेवा गर्दा</span> <span class='c2'>‘माफिया’ भनियो : दुर्गा प्रसाईं</span>

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईँले बैंकबाट लोन लिएर जनताको सेवा गर्दापनि ‘माफिया’को आरोप लगाइएकोप्रति आपत्ति जनाएका छन् ।

वुधबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले बैंक तथा सर्वसाधारणबाट ऋण लिएर जनतालाई नै सेवा दिँदा पनि आफूहरूलाई माफिया भनिएकोमा आपत्ति जनाएका हुन् । आफूहरूलाई सरकारले विभेद गरेको उनले बताए । ‘बैंकबाट लोन लिएर जनता नै सुत्ने ठाउँ बनाएका छौं । जनताकै सेवा गरेका छौं तर हामीलाई नै माफिया भनेका छन् । राज्यले विभेद गरेको छ,’ उनले भने । सरकारको निःशुल्क स्वास्थ्य र शिक्षासम्बन्धी नीतिमा पनि प्रश्न उठाउँदै प्रसाईँले शिक्षा र स्वास्थ्य निःशुल्क भन्दापनि किन्न सक्ने हैसियतको बनाउन सकिने दाबी गरे ।

उनले भने, ‘सरकारमा रहेकाहरूले स्वास्थ्य र शिक्षा निःशुल्क भन्छन् । हामी स्वास्थ्य र शिक्षा निःशुल्क होइन किन्न सक्ने हैसियतको चाही बनाउनुपर्छ भन्छौं ।’ नेपालको ‘डिप स्टेट’मा १६ मारवाडी र १० नेपाली रहेको उनले बताए । ‘डिप स्टेट’लाई चलाउँदा अर्थतन्त्र ढल्ने पनि बताए । ‘डिप स्टेट’ कन्ट्रोल नगर्दासम्म केही नहुने बताउँदै उनले ‘डिप स्टेट’का १६ जनालाई पक्राउ गर्न गृहमन्त्रीलाई आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्