विराटनगर। विराटनगर मा संगीतप्रेमीहरूका लागि नयाँ अवसरको ढोका खुलेको छ। अब गित गाउन सिक्न चाहनेहरूका लागि व्यवस्थित “भोकल क्लास” सञ्चालनमा आएको छ।
भारतबाट क्लासिकल म्युजिकमा स्नातकोत्तर गरेका अनुभवी संगीत प्रशिक्षक भास्कर सेन ले यो भोकल क्लास सुरु गरेका हुन्। उनी विगत धेरै वर्षदेखि विराटनगरमा विभिन्न स्टेज शो तथा सांगीतिक प्रस्तुति गर्दै आएका परिचित गायक पनि हुन्। सेनका अनुसार, यो कक्षामा गायक बन्न इच्छुक व्यक्तिहरूलाई आधारभूत (बेसिक) स्तरदेखि लिएर प्रोफेशनल स्तरसम्मको गायन प्रशिक्षण दिइनेछ। स्वर साधना, शास्त्रीय संगीत, आवाज नियन्त्रण, स्टेज प्रस्तुति, तथा आधुनिक गायन शैलीसम्मका विषयहरू समेटिने उनले बताए।भोकल क्लासमा उमेरको कुनै सीमा नराखिएको र बालबालिकादेखि युवासम्म सबैले सहभागी हुन सक्ने व्यवस्था गरिएको छ।

विराटनगरमा लामो समयदेखि संगीत क्षेत्रमा सक्रिय रहेका सेनको यो पहलले स्थानीय प्रतिभाहरूलाई आफ्नो कला निखार्ने राम्रो अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ।