लोकतन्त्रलाई जनजीवनमा अनुभूत हुने व्यवस्था बनाउन आवश्यक

<span class='c1'>लोकतन्त्रलाई जनजीवनमा अनुभूत हुने</span> <span class='c2'>व्यवस्था बनाउन आवश्यक</span>

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले लोकतन्त्रलाई जनजीवनमा अनुभूत हुने व्यवस्था बनाउनुपर्ने आवश्यकता औंल्याएका छन् ।

शुक्रबार लोकतन्त्र दिवसको अवसरमा शुभकामना सन्देश मार्फत उनले लोकतान्त्रिक आन्दोलनमा सहिद भएका व्यक्तिहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै लोकतन्त्रलाई जनजीवनमा अनुभूत हुने व्यवस्था बनाउन सक्नु नै सबैको साझा दायित्व रहेको बताएका हुन् । उनले लोकतान्त्रिक संघर्षबाट प्राप्त उपलब्धिहरू केवल इतिहासका पानामा सीमित हुन नहुने भन्दै ती उपलब्धिलाई जनताको दैनिक जीवनमा प्रत्यक्ष अनुभूत हुने बनाउनु सबैको साझा दायित्व भएको बताएका छन् । थापाले वर्तमान समयमा अपेक्षा र उपलब्धिबीचको दूरी अझै कायम रहेको उल्लेख गर्दै त्यसको समाधान लोकतन्त्रको विकल्प नभई अझ सुदृढ, उत्तरदायी र जनमुखी लोकतन्त्र नै भएको बताए ।

उनले संविधानको मर्मलाई व्यवहारमा उतार्दै सुशासन र विकासमार्फत जनताको विश्वास जित्नु आजको प्रमुख आवश्यकता भएको पनि जोड दिएका छन्। ‘आजको यथार्थमा अपेक्षा र उपलब्धिबीचको दूरी घटाउन नसकिएको गुनासो छ। तर यसको समाधान लोकतन्त्रको विकल्प होइन, अझ सुदृढ, उत्तरदायी र जनमुखी लोकतन्त्र नै हो। संविधानको मर्मलाई व्यवहारमा उतार्दै सुशासन र विकासमार्फत जनताको विश्वास जित्नु आजको आवश्यकता हो,’ शुभकामना सन्देशमा उल्लेख गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्