कोशी प्रदेश बाट लागू औषधसहित ब्राउन सुगरसहि ५ जना पक्राउ

<span class='c1'>कोशी प्रदेश बाट लागू औषधसहित</span> <span class='c2'>ब्राउन सुगरसहि ५ जना पक्राउ</span>

विराटनगर । कोशी प्रदेशका विभिन्न जिल्ला झापा, सुनसरी र इलाम जिल्लाबाट लागू औषधसहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ। वैशाख १७ गते झापाको मेचीनगर नगरपालिका–६ स्थितबाट लागू औषध नियन्त्रण ब्यूरो काँकरभिट्टाको टोलीले १० ग्राम ३८० मिलिग्राम ब्राउन सुगरसहित बुद्धशान्ति गाउँपालिका–४ का प्रदीप दाहाल र अर्जुनधारा नगरपालिका–१ का सुकराज उरावलाई पक्राउ गरेको हो।

यसैगरी, इलाममा प्रहरी चौकी किटेनीको टोलीले इलाम नगरपालिका–७ का समीर गोले र माइजोगमाई गाउँपालिका–५ का मनोज खत्रीलाई २ ग्राम १८० मिलिग्राम ब्राउन सुगरसहित नियन्त्रणमा लिएको छ।

उता सुनसरीको बराहक्षेत्र नगरपालिका–२ मा इलाका प्रहरी कार्यालय महेन्द्रनगरको टोलीले सजिब राईलाई उनकै घरबाट ट्रामाडोल ९० क्याप्सुलसहित पक्राउ गरेको जनाएको छ। पक्राउ परेका सबै व्यक्तिमाथि लागू औषधसम्बन्धी मुद्दामा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्