काठमाण्डौ बैशाख २१ ,
सुकुम्बासी बस्ती हटाउने क्रममा प्रभावित भएका बिरामीहरूका लागि काठमाडौं मेडिकल कलेज दुवाकोटले निःशुल्क उपचार सेवा दिने घोषणा गरेको छ।
कलेजका अनुसार वर्षायामसँगै उपत्यकाका नदी किनार तथा जोखिमयुक्त बस्तीमा बसोबास गर्ने नागरिकमा स्वास्थ्य समस्या बढ्दै गएको देखिएपछि मानवीय आधारमा यस्तो निर्णय गरिएको हो।
अस्पतालका प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद दाहालका अनुसार औषधि बाहेक सम्पूर्ण उपचार सेवा निःशुल्क उपलब्ध हुनेछ। देशभरबाट प्रभावित बिरामीले अस्पताल पुगेर सेवा लिन सक्ने व्यवस्था गरिएको छ।
साथै, बिरामीलाई सहज रूपमा अस्पतालसम्म पुर्याउन नागरिक, संघसंस्था तथा सरोकारवालासँग सहयोग गर्न पनि अस्पतालले आग्रह गरेको छ।